महिला जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी


प्रकाशित मिति :2018-04-03 16:04:34

–कल्पना भट्टराई– 

ललितपुर । थमसरा पुन म्यादीको धवलागिरी गाउँपालिकाकी अध्यक्ष हुन् । स्थानीय तहमा निर्वाचित भएपछि उनले नेतृत्वको जिम्मेवारी त पाईन् । तर, पाइलै पिच्छे संघर्ष भोग्दै छिन् ।

एक त विना अनुभव अब्बल काम देखाउने चुनौती छ । अर्कोतर्फ महिला भएकैले नेतृत्व अस्वीकार गर्नेहरुको पनि सामना गर्नुपरेको छ । ‘महिलाले नेतृत्व गरेको कार्यालयमा कर्मचारीले पनि असहयोग गर्छन्’ थमसरा भन्छिन्, ‘पुरुष जनप्रतिनिधिले असहयोग गर्ने त सामान्य नै भयो ।’

थमसरा पुन

उनको गाउँपालिकामा ७ वटा वडा छ । सबै वडा अध्यक्ष पुरुष छन् । त्यसमाथि गाउँपालिकाको १० जना कर्मचारीमा एक मात्रै महिला छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछि निर्णय पुस्तिका लगायत सिफारिस कागजातमा हस्ताक्षर गर्ने जिम्मेवारी उनकै हुन्छ । यसअघि २० वर्षसम्म गाउँ, वडा चलाएका कर्मचारी अहिले पनि हस्ताक्षर गर्न समेत आफै तम्सिने उनको अनुभव छ ।

उनीहरुले महिला भएकैले असहयोग गर्ने गरेका अनुभव निर्वाचित भएपछिको यो ११ महिनाको अवधीमा गरेकी छिन् । अप्ठ्यारा हुँदाहुँदै पनि निःशुल्क शिक्षा, दुर्गम क्षेत्रमा सडक विस्तार, सञ्चार सुविधा नभएको ठाउँमा सञ्चार सुविधा पुर्याउने लगायतका विकासका काममा आफू लागेको उनले बताईन् ।

त्यसका साथै महिलाका लागि पनि काम सँगै लगेको पुनको भनाई छ ।  ‘गर्भवती महिलालाई सेवा दिनकालागि दुई वडामा सामुदायिक स्वाथ्य ईकाइ सञ्चालन गरिएको छ ।’ अध्यक्ष पुनले थपिन्, ‘आयआर्जन र सीपमुलक कामबाट महिलाका जीवनस्तर उकास्नका लागि विभिन्न आयमुलक कार्यक्रम संचालन गरिएको छ ।’

उनले बालविवाह ,बहुविवाह र बोक्सी प्रथाको नाममा महिलामाथि हुने हिंसाको न्युनिकरणका लागि सचेतना मुलक विभिन्न कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेकी छन् ।

लक्ष्मीदेेवी पाण्डे

नवलपरासीको हुप्सेकोट गाउँपालिकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको गाउँपालिकामा पनि पुनको जस्तै समस्या छन् । लक्ष्मीलाई महिला भएकैले कर्मचारीहरुले काममा नटेर्ने घुमाउरो पारामा असहयोग गर्ने गरेका छन् । ‘ महिला भएकै कारण नेतृत्व नस्वीकार्ने अवस्था छ ।’ लक्ष्मी भन्छिन्, ‘समस्याका चाङ छन् । तैपनि अवसर ठानेर काम गरिरहेका छौं ।’

निर्वाचित भएको सातौं दिनमा समयमै स्वास्थ्य चौकी पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान गएको देखेपछि उनले महिला स्वास्थ्यमै सुधार ल्याउनपर्छ भनेर काम थालेको पनि बताईन् ।

उनी अध्यक्ष भएपछिको पहिलो बैठकमै स्वाथ्य संस्थामा सुत्केरी गराउन गाउँपालिकाभित्रका महिलालाई ५ हजार रुपैयाँका दरले सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेकी थिइन् । भत्ताको व्यवस्था गरेपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने क्रम बढेको छ । साउनयता हुप्सेकाटका ६ सय महिलाले यो सेवा लिइसकेका उनले बताईन् ।

पुन र पाण्डेजस्तै समस्यासँग जुधिरहेकी छन् झापाको कमल गाँउपालीकाकी मेनुका काफ्ले । निर्वाचित भएको केही दिनसम्म काम कसरी थाल्ने भन्ने अलमलमै परिन् । तर अहिले गाउँपालिकालाई कार्यविधी बनाएर काम गरेकी छन् ।

मेनुका काफ्ले

‘स्थानीय तहका कर्मचारीहरु र जनप्रतिनिधीबीच कहिले काँही तालमेल मल्दिैन् । जसले गर्दा काम गर्न अफ्ठ्यारो हुन्छ ।’ उनले भनिन् ।
महिला नेतृत्वलाई पुरुषसरह सहज तरिकाले स्वीकार नगर्ने कर्मचारीको प्रवृत्ति उनले पनि भोगेकी छिन् । तर, गाउँको जनता र विकाससँग भिजेकाले काम गर्ने सजिलो भएको उनी बताउँछिन् ।

काफ्लेले विपन्न, दलित, सिमान्तकृत समुदायका विद्यालय पढ्ने ५० किशोरीलाई साइकल वितरण गरेको बताइन् । स्वाथ्य संस्थामा सुत्केरी गराउने महिलालाई सुत्केरी प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने कार्यक्रम सुरु गरेका छौं, उनले भनिन् – प्रत्येक वडामा पाठेघर खस्ने समस्याको निःशुल्क स्वाथ्य परीक्षण पनि थालिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: