भारतमा १४ प्रतिशत वैज्ञानिक महिला


प्रकाशित मिति :2018-04-03 16:41:04

–महिला खबर–

ललितपुर । अझै पनि विज्ञान पुरुषको पेशाका रूपमा हेरिने गरिएको छ । अहिलेसम्मको तथ्यांक अनुसार भारतीय अनुसन्धानकर्ताहरु मध्ये १४ प्रतिशत मात्र महिला वैज्ञानिक छन् ।

मणिपुर विश्वविद्यालयमा आयोजित महिला विज्ञान सम्मेलनको उद्घाटन कार्यक्र्रम प्रायः पुरुषको मेला जस्तो देखिन्थ्यो । त्यहाँ उक्त विषयसँग सम्बन्धित दुई जना महिला वैज्ञानिक मात्र मञ्चमा थिए । यो कार्यक्रमले विज्ञानमा महिलाको संख्यात्मक कमीलाई र यो क्षेत्रका महिलाले सामना गर्नुपरेको चुनौतिलाई झल्काएको छ ।

भारतमा २५ प्रतिशत महिला विभिन्न वैज्ञानिक विश्वविद्यालय र संकायमा छन् । जैविक अनुसन्धान संस्थानहरू अपवादमा पर्छन् ।

भारतको अनुसन्धान र विकास संस्थाहरूमा कार्यरत २ लाख ८० हजार वैज्ञानिक, ईन्जिनियर र प्राविधिकहरु मध्ये महिलाहरूले १४ प्रतिशत मात्र स्थान ओगट्छन् । यसको मतलब ३९ हजार ३ सय ८९ जना मात्र महिला छन् । विश्वव्यापी तहमा औसतमा यो कार्यदल २८.४ प्रतिशत छ ।

सन् २०१७ मा भारतको आईआईटीको विभिन्न शाखाहरुको कुल आवेदक मध्ये केवल १० प्रतिशत महिला थिए । यस बाहेक भारतीय राष्ट्रिय विज्ञान एकेडेमी, इण्डियन एकेडेमी अफ साइन्स र नेशनल एकेडेमी अफ एग्रीकल्चरल साइन्सद्वारा प्रदान गरिएको फेलोसिप मध्ये पाँच प्रतिशत मात्र महिलाको लागि छुट्याइएको थियो ।

ईस्रो नामक संस्थाको वैज्ञानिक र प्राविधिक कर्मचारीमा ८ प्रतिशत मात्र महिला छन् । दुर्भाग्य, सन् १९६३ मा स्थापना भएदेखि यसलाई कुनै पनि महिलाले नेतृत्व गरेका छैनन् ।

महिला वैज्ञानिकहरूका अनुसार धेरै महिला स्नातक तह भन्दामाथि र पीएचडीमा भर्ना भए पनि उनीहरूको शारीरिक कारण र पारिवारिक दबाबले गर्दा आफ्ना प्राज्ञिक डिग्रीहरुलाई पेशामा बदल्न असफल भएका छन् ।

धेरै कम महिलाले विज्ञान क्षेत्रमा हुने भेदभावको बारेमा उजुरी गरेका छन् । भारतमा ८१ प्रतिशत महिलाले (विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको क्षेत्रमा) क्षमता मूल्याकंनमा लैङ्गिक विभेद भएको महसुस गरेको र ४५ प्रतिशतले हप्तामा ४० देखि ६० घण्टा काम गरेको सर्वेक्षणमा बताएका छन् ।

साभारः– द टाइम्स अफ इण्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: