–महिला खबर–
ललितपुर । रक्षक नै भक्षक भए पछि विश्वास कसको गर्ने ? ललितपुरमा प्रहरीबाटै भएको बलात्कार प्रयासको घटनाले सबैलाई यही प्रश्न गर्न बाध्य बनाएको छ ।
युवतीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा ललितपुरका एक प्रहरी आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राइलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।
सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ वर्षीय प्रहरी जवान राईलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा चैत १ गते नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर लतिलपुरका प्रमुख (एसएसपी) गणेश ऐरले बताए ।
उनलाई जबरजस्ती करणी उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेका प्रमुख ऐरले बताए । राईले पूर्वेली गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा खाजा खान जाने क्रममा सोही होटलमा काम गर्ने एक युवतीलाई ललाई फकाई शान्ति बुद्ध गेष्ट हाउसमा भेटघाट गर्न भन्दै बोलाएर बलात्कार प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफूलाई प्रहरीले नै बलात्कार प्रयास गरेको भन्दै ती युवतीले उजुरी दिएपछि महानगरीय प्रहरी परिसरले राईलाई निलम्बन गरेर कारवाही अगाडी बढाएको हो ।
Comment Here!