चार महिनामा ४० बालविवाहका घटना, ६५ प्रतिशत भागी विवाह


प्रकाशित मिति :2018-04-04 14:29:27

–महिला खबर–

ललितपुर । गएको मंसिर महिनादेखि फागुनसम्म चार महिनाको अवधिमा विभिन्न १४ जिल्लामा ४० वटा बालविवाहका घटना घटेको पाइएको छ ।

केन्द्रीय बालकल्याण समितिले चार महिनाको अवधिमा सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको चौमासिक विश्लेषणका क्रममा यस्तो तथ्य पाइएको हो ।

केन्द्रीय बालकल्याण समितिका अनुसार बालविवाहका घटनाहरुको वर्गीकरण गर्दा बालक र बालिका दुबैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी पाइएको छ । जस अन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिका बीच भएको देखिन्छ ।

त्यसैगरी बालिका र वयस्क पुरुषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसँग) विवाह भएको छ ।

बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत (१४ घटना) र भागी विवाह ६५ प्रतिशत (२६ घटना) भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुक मार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटनाहरु प्रकाशमा आउने गरेका छन् । जिल्लागत रुपमा हेर्दा बैतडीमा सबैभन्दा बढी १२ वटा बालविवाह भएका थिए ।

नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३\०७४ मा बालविवाह घटनासम्बन्धी २६ वटा उजुरीहरु परेको देखिन्छ । तर उक्त अवधिमा सञ्चार माध्यममा भने ६६ वटा घटनाहरु प्रकाशमा आएका थिए । यसबाट कानूनी कारवाहीमा निकै कम मात्रै बालविवाहका घटना पर्ने गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७४\०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कार्तिक) मा ३२ बालविवाह भएकोमा यस अवधि (मंसिरदेखि फागुन) मा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । यसबाट बालविवाहको घटनामा बृद्धि हुँदै गइरहेकोे पाइन्छ ।

सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रममा केही परिवर्तन आएको देखिन्छ ।

नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न प्रयासहरु हुँदाहुँदै पनि बालविवाहका घटनाहरुमा कमी आएको देखिँदैन ।

यस चार महिनाको अवधिमा विभिन्न १४ वटा जिल्लाहरुमा ४० वटा बालविवाह भएका घटनाहरु प्रकाशमा आएका छन् । प्रकाशमा नआएका बालविवाहका घटनाहरु थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: