—महिला खबर—
ललितपुर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । मटिहानी नगरपालिका—२ स्थित वरदाहामा हत्यापछि बेपत्ता पारिएकी २५ वर्षीया पुनमदेवी दासको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार शवको प्रकृति हेर्दा कुटपिट र घाँटी कसेर दुई दिन अघि हत्या भएको आंशका छ ।
घरदेखि १ किलोमिटर उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको बोरामा सेतो कपडाले बेरिएको अवस्थामा उनको शव फेला परेको थियो ।
मंगलबार मृतकका देवर फुलिन्द्र दासले भाउजुले दाईले कमाएको पाँच लाख रुपैयाँ र गरगहना चोरेर भागेको भनि धिरापुर प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए । उजुरीका आधारमा उनको खोजी भैरहेको थियो ।
उजुरी दिएको ६ घण्टा पछि राती ११ बजेतिर प्रहरीले हत्या गरि फालिएको अवस्थामा शव फेला पारेको थियो ।
मृतक पुनमकुमारीको शव भेटिएपछि भाउजु हराएको उजुरी गर्ने देवर फुलिन्द र श्रीमान शिवशंकर भने फरार रहेको प्रहरी उपरीक्षक कठायतले बताए । फरार उनीहरु अहिलेसम्म भेटिएका छैनन् ।
मृतकका श्रीमान शिवशंकर साउदी अरबबाट पाँच दिन अघि घर आएका थिए । उनी घरमा आए देखिबाटै दुवै बिच झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको पनि प्रहरीले जनाएको छ ।
Comment Here!