कैलालीमा बलात्कारका घटना बढे


प्रकाशित मिति :2018-04-05 17:43:23

–शेरबहादुर ऐर–

धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा बृद्धि आएको छन् । कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो चार वर्षको तथ्यांक अनुसार जिल्लामा जबरजस्ती करणी र करणी उद्योगका एक सय ५७ वटा मुद्दा दर्ता भएका छन् ।

कैलाली प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७४\७५ को फागुन समान्तसम्ममा जिल्लामा पा“च सय ५५ वटा अपराधका मुद्दा दर्ता भएकोमा बलात्कारका २३ र बलात्कार उद्योगका १३ वटा मुद्दा दर्ता भए ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७१\७२ मा छ सय २०, ०७२\७३ मा छ सय एक र ०७३\०७४ मा छ सय ४८ वटा अपराधीक मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका कुल मुद्दा मध्ये आर्थिक वर्ष २०७१\७२ मा ३१, ०७२\७३ मा २६ र ०७३\७४ मा ३० वटा बलात्कारका मुद्दा र ०७१\७२ मा २१, ७२\७३ मा पा“च र ७३\७४ मा आठ वटा बलात्कार उद्योगका मुद्दा दर्ता भए ।

बालिका बढी पीडित

बलात्कार तथा जवरजस्ती उद्योगका अपराधमा बढी जसो बालिका पीडित हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कैलाली जिल्लामा आर्थिक वर्ष २०७४\७५ को फागुन मसान्तसम्ममा दर्ता भएका बलात्कार अपराधका कुल ३६ मुद्दामध्येमा ६३ प्रतिशत बालिका नै पीडित रहेको पाइएको छ ।

अनुसन्धान अनुसार जिल्लामा बलात्कार अन्र्तगत २३ बालिका, १६ देखि २५ उमेर समूहका सात, २६ देखि ४० उमेर समूहका पा“च र ४१ देखि ६० वर्ष उमेर समूहको एक जना पीडित रहेको देखाईएको छ ।

यस्तै बलात्कारमा बालिका १३, १७ देखि २५ वर्ष उमेर समूहका पा“च, २६ देखि ४० वर्ष उमेर समूहका चार र ४१ देखि ६० वर्ष उमेर समूहका एक जना रहेका छन् भने बलात्कार उद्योगअन्र्तगत बालिका १०, १७ देखि २५ उमेर समूहका दुई, २५ देखि ४० उमेर समूहका चार जना पीडित रहेका छन् ।

युवाहरुको संलग्नता बढी

बलात्कार र जवरजस्ती उद्योगका घटनामा बढी जसो युवाहरु नै पिडक रहने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सोही अनुसन्धान अनुसार कुल घटनामध्ये ६१ प्रतिशत युवा समूह (१६ देखि २५ वर्ष उमेर समूह)हरु बलात्कारका घटनामा संलग्न रहने गरेको देखाईएको छ । सो अनुसन्धान अनुसार बलात्कार घटनामा बालक पाँच, १६ देखि २५ उमेर समूहका २२, २६ देखि ४० उमेर समूहका ११, ४० देखि ६० उमेर समूहका चार जना रहेका छन् ।

प्रहरी अनुसन्धान अनुसार बलात्कारमा १६ वर्ष मुनिका चार, १६ देखि २५ वर्ष उमेर समूहका १४, २६ देखि ४० उमेर समूहका छ, ४० देखि ६० उमेर समूहका चार जना संलग्न रहेको देखाईएको छ भने बलात्कार उद्योग अन्र्तगत वालक १, १६ देखि २५ वर्ष उमेर समूहका आठ र २५ देखि ४० उमेर समूहका पाँच जनाको संलग्नता रहेको देखाईएको छ ।

शहरमै महिला तथा बालिका असुरक्षित

प्रहरी अनुसन्धानले शहरमै महिला तथा बालिकाहरु असुरक्षित हुने गरेको देखाएको छ । आर्थिक वर्षमा दर्ता भएका बलात्कारका कुल ३६ मुद्दामध्ये ८३ प्रतिशत बलात्कारका घटना शहर क्षेत्रमै भएको पाईएको छ ।

सो अनुसन्धान अनुसार बलात्कारका घटना सबैभन्दा बढी धनगढी उपमहानगरपालिका १२ वटा रहेका छन् । त्यस्तै, भजनी नगरपालिकामा पाच, गोदावरी नगरपालिकामा चार, लम्की नगरपालिकामा तीन, टीकापुर, गौरिगंगा, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिकामा दुई–दुई, चुरे गाउ“पालिका, कैलारी, वर्दगोरिया गाउ“पालिकामा एक\एक बलात्कारका घटना रहेका छन् ।

दर्ता भएका मुद्दा मध्ये बलात्कार अन्र्तगत धनगढी उपमहानगरपालिकामा आठ, भजनी नगरपालिकामा पा“च, गोदावरी नगरपालिकामा तीन, घोडाघोडी नगरपालिकामा दुई, टीकापुर, लम्की, गौरिगंगा नगरपालिका, चुरे, जानकी गाउपालिकामा एक\एक मुद्दा रहेका छन भने बलात्कार उद्योग अन्र्तगत धनगढी उपमहानगरपालिकामा चार, लम्की नगरपालिकामा दुई, भजनी, गोदावरी, टीकापुर, गौरीगंगा नगरपालिका, वर्दगोरिया, कैलारी, जानकी गाउ“पालिकामा एक–एक मुद्दा रहेका छन् । त्यस्तै, जोशीपुर, मोहन्यालमा कुनै पनि बलात्कारका घटना दर्ता नभएको देखाईएको छ ।

मदिरा प्रमुख कारक

कैलाली खुल्ला सिमा, लागु औषध तथा मदिरानै बलात्कारको प्रमुख कारण रहेको कैलाली प्रहरी प्रवक्ता विरबहादुर बुढा मगरले बताए । खुल्ला सिमाना भएका कारण अत्याधिक मात्रामा सहज रुपले लागु औषध आयात, खुले आम मदिरा बिक्री वितरण लगायतले जिल्लामा बलात्कार लगायतका अपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक बुढा मगरले भने ।

उनले जिल्लामा अशिक्षा, गरिवीको संख्या समेत अत्याधिक रहेका कारण पनि बलात्कार लगायत जघन्य अपराधहरु बढेको बताए । आधुनिक संस्कृतिको प्रभाव तथा संचारका माध्यमहरु (टेलिभिजन, मोबाईल, ईन्टरनेट) को दुरुपयोगले पनि महिला हिंसाका अपराधहरुमा दिनानुदिन बढ्दै गएको उनले बताए । उनले कानुनको जानकारीको अभाव, लैङ्गिक प्राथमिकता, सामाजिक मान्यता, आर्थिक परनिर्भरता, शिक्षा र रोजगारीमा महिलाको न्यून पहुँच, नीति, निर्माण, सञ्चार, कानुनी क्षेत्रमा महिलाको न्यून प्रतिनिधित्व लगायतका कारण पनि जिल्लामा महिला हिंसाका घटना बढी रहेको उनले बताए ।

प्रहरीले सञ्चालन गर्दै जनचेतनामूलक कार्यक्रम

कैलालीसहित देशभरी बलात्कारका घटनाहरु बढ्दै गएपछि कैलाली प्रहरीले जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

जिल्लामा बलात्कार लगायत महिला हिंसाका घटनाहरु नियन्त्रण तथा न्यूनिकरणमा चुनौति देखिन लागेपछि सो कार्यक्रम अघि बढाउन लागेको कैलाली प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस अभियानका लागि कैलाली प्रहरीले तीन महिने कार्य योजना तयारी गर्न लागेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले २५ गतेभित्र कार्य योजना तयार पारी अभियानलाई तिव्र रुपले अघि बढाउने छ ।

उनले अभियान अन्र्तगत विभिन्न छ वटा क्रियाकलापहरु सञ्चालन गरिने बताए । जसअन्र्तगत स्कुल सम्पर्क, पर्चा पम्पलेट वितरण, गाउ“का खुल्ला स्थानमा अन्तरक्रिया, महिनामा मुद्दा चल्ने ईकाइमा कार्यरत प्रहरी कर्मचारीलाई सरकारी वकिलले अनुसन्धान तथा अभियोजन सम्बन्धी अनुशिक्षण गर्ने, फोरेन्सीक ल्याबबाट संकलन, प्याकेजिङ लगायतका बारेमा अनुशिक्षण प्रदान गर्ने लगायत रहेका छन् ।

सो तयारी योजना अन्र्तगत जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार जिल्लाका सरोकारवालाहरुसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । सो अवसरमा सरोकारवालाहरुले प्रहरीले महिना वा १५ दिनमा नभई प्रत्येक हप्ता गाउँपालिका वा नगरपालिकामा मात्र नभई वडा स्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै कैलाली जिल्ला न्यायाधीश प्रशुराम भट्टराईले बलात्कार लगायतका महिला हिंसाका घटनालाई न्यायालयले गम्भिरतापुर्वक लिएको बताए । उनले मेडिकल रिपोर्टमा चुकेकै कारण कहिले काही पीडितलाई न्याय दिन नसकिने अवस्था रहेको बताए ।

न्यायाधीश भट्टराईले बलात्कार लगायत महिला हिंसाका घटना प्रायः आफन्त, छिमेकी, नजिकको साथी लगायतबाटै हुने गरेको बताउँदै ‘अभिभावक र आफन्तहरुले सचेत भएमा केही हदसम्म यस्ता घटना रोक्न सकिन्छ ।’ उनले कहिलेकाहीँ रिसईवी सा“धी झुटो जाहेरी लिई आउने, ढिलो गरि जाहेरी दर्ता गर्ने, बालश्रमलाई नियन्ण गर्न नसक्नु, जनचेतनाको कमी हुनु लगायतले समाजमा यी घटना भईरहेको बताए ।

कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समाजमा अझै पनि धेरै महिलाहरु न्याय नपाएर बसिरहेको भन्दै जनचेतनामूलक कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रहरीले सञ्चालन गरेको यो अभियानमा नागरिक समाज, राजनीतिक दल, कानुन विज्ञ, सञ्चारकर्मी सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा बलात्कारको व्यवस्था भए पनि ढिलो गरी जाहेरी आउनु, प्रमाण जुटाउन नसक्नु लगायतका कारण पीडितले न्याय पाउन नसकेको बताए । उनले वलात्कार घटनामा संलग्न व्यक्तिहरुलाई आजिवन कैद सजाय गर्नुपर्ने पनि माग गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: