आगोले टहरो जलेपछि वृद्धाको विचल्ली


प्रकाशित मिति :2018-04-06 12:36:24

–सर्मिला बुढाथोकी–

दोलखा । ओत लाग्ने टहरो आगोले खरानी भए पछि ८२ वर्षीया मसिनी सापकोटा पाण्डेको विचल्ली भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ गौतम टोलकी मसिनीको टहरो आगलागीबाट नष्ट हुँदा उनको विचल्ली भएको हो ।

                                             मसिनी आगलागीबाट डढेका भाँडावर्तनसँग ।

आगलागीबाट भएको जायजेथा सबै नष्ट भए पछि आफूलाई बस्न र खान समेत समस्या भएको मसिनीले दुखेसो पोखिन् । विनासकारी भूकम्पले घर भत्किए पछि नेपाली सेनाले बनाइदिएको टहरोमा बस्दै आएकी एकल महिला मसिनीको टहरोमा बिहीवार बिहान आगलागी भएको हो ।

मसिनीले श्रीमान अमृत पाण्डेको केहि वर्ष अघि नै मृत्यु भइसकेको र छोराछोरी पनि नभएको बताइन् । आगलागीबाट ३५/३६ तोला चाँदी, ५ तोला सुन, लताकपडा समेत गरेर झण्डै ५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

बृद्धाले खाना पकाउन बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । मसिनीलाई नेपाल रेडक्रस सोसाईटी दोलखाले केहि कपडा र अत्यावश्यक सामान रहेको फेमेली किड दिएको सभापति गोकर्णप्रसाद पोखरेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: