‘पुरुष’ बिक्रीको पैसाले प्रतिभा पुरस्कार


‘पुरुष’ मा पुरुषको विरोध छैनः लेखक, अर्याल

प्रकाशित मिति :2018-04-08 11:49:00

–महिला खबर–

काठमाडौँ । सञ्चारिका समूहकी सल्लाहकार, सञ्चारकर्मी एवम् लेखक सरिता अर्यालले साहित्यमा कलम चलाउने पत्रकारको लागि ‘प्रतिभा पुरस्कार’ घोषणा गरेकी छन् ।

आफ्नो कथासंग्रह ‘पुरुष’को शनिबार काठमाडौंमा विमोचन पछि महिला खबरसँग कुरा गर्दै लेखक अर्यालले पुस्तक बिक्रीबाट आउने सम्पूर्ण रकमको अक्षय कोष स्थापना गर्ने र त्यही कोषबाट ‘प्रतिभा पुरस्कार’ दिने बताइन् ।

विभिन्न १६ अध्यायमा लेखिएको ‘पुरुष’ सरिताको दोस्रो पुस्तक हो । पुस्तकको माओवादी केन्द्रका प्रवक्ता एवम् सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, कवयत्री कुन्ता शर्मा र सर्जक स्वयम् गरी सात जनाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

विमोचन कार्यक्रममा बोल्दै लेखक अर्यालले घरघरमा पुरुषका कारण भएको अवस्थालाई पुस्तकमा चित्रण गरिएको बताइन् । उनले प्रष्ट्याइन्, ‘पुरुषको विरोध गर्न पुस्तकको नाम पुरुष राखिएको होइन ।’

पुरुष वैदेशिक रोजगारमा जाँदा हुने घरको अवस्था तथा लैङ्गिक विभेदलाई लेखकले पुस्तकमा प्रकाश पार्न खोजेकी छन् ।

‘प्रतिभा पुरस्कार’ सञ्चारिका समूहको हरेक वार्षिकोत्सवका अवसरमा प्रदान गरिने सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले बताइन् ।

Image may contain: 7 people, including Sarita Aryal and Yashoda Timsina, people smiling, people on stage, people standing and indoor

Image may contain: 7 people, including Nirmala Sharma, Sarita Aryal and Yashoda Timsina, people smiling, people standing

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: