–महिला खबर–
पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरको हाताभित्र बालमैत्री स्तनपान कक्ष संचालनमा ल्याईएको छ । विहीबारबाट संचालनमा ल्याईएको कक्षमा प्रहरी कार्यालयमा आउने सेवाग्राही महिला तथा महिला प्रहरीका काखे बालबालिकाका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको पाँचथरका प्रहरी प्रवत्ता विज्ञान बस्नेतले बताए ।
उनले हराएर फेला परेका बालबालिका समेतको सुबिधाको लागि खेल सामग्रीसहितको बालमैत्री स्तनपान कक्षको व्यवस्था गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमको सक्रियतामा यस अघि पनि सेवाग्राहीहरुकै सुबिधाको लागि शुद्ध पिउने पानीको ट्यांकी र सौचालय निर्माण गरिसकेको छ ।
Comment Here!