पर्सामा ‘नवमजनु सफाया’ अभियान


प्रकाशित मिति :2018-04-08 15:01:30

–महिला खबर–
ललितपुर । पर्सामा पछिल्लो समय अपराधका घटना बढ्न थालेपछि ‘नवमजनु सफाया’ अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अपराधिक घटना न्यूनीकरण गर्न भन्दै अपराधीलाई कारबाहीको दायरामा ल्याउन नवमजनु सफाया अभियान शुरु गरेको छ ।

क्याम्पस तथा विद्यालय पढ्न जाने, घरमा एक्लै भएको मौका छोपी छात्रालाई जिस्क्याउने, अश्लिल हर्कत गर्ने तथा जबरजस्ती करणी गर्ने जस्ता घटना बढेपछि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार अभियान अन्तर्गत वडा प्रहरी कार्यालयको टोलीले विद्यालय तथा क्याम्पस जाने छात्राको बाटो छेक्ने, शरीर छुने, जिस्क्याउने तथा दुव्र्यवहार गर्ने, युवामाथि निगरानी राख्ने तथा त्यस्तो अश्लिल क्रियाकलाप गर्ने युवालाई पक्राउ गरी कानूनको दायरामा ल्याउनेछ ।

उच्छृंंखल युवाबाट दुव्र्यवहारमा परेकी युवतीले लाजका कारण घटनाबारे प्रहरीमा जानकारी नगराउँदा यस्ता आपराधिक प्रवृतिका युवाको मनोबल बढ्न गएकाले पीडितले प्रहरीलाई खबर गरी अभियानलाई सफल पर्न सबैसँग अनुरोध गरेको छ ।

कानूनबारे जानकारी नभएको शिक्षाको अभाव जस्ता कारणले यस्तो घटनामा वृद्धि हुँदै आएकाले सो अभियान सहरमा मात्र सीमित नभएर पर्सा जिल्लाको सुदूर ग्रामीण क्षेत्रमा समेत सञ्चालन गरिएको पर्सा प्रहरीको भनाइ छ ।पर्सामा हालसम्म जबरजस्ती करणीको १२ वटा तथा जबरजस्ती करणी उद्योगको सातवटा मुद्दा दर्ता भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: