सामाजिक परिचालिकाः योग्यताको कदर खोइ ?


प्रकाशित मिति :2018-04-08 16:59:50

–महिला खबर–

ललितपुर । महिला तथा बालबालिका कार्यालयमा कार्यरत देशभरका सामाजिक परिचालिकाहरूले श्रेणी निर्धारण गरी स्थानीय निकायमा स्वतः समायोजनको नीतिगत व्यवस्था गर्न माग गरेका छन् ।

केन्द्रीय सामाजिक परिचालक संघर्ष\समन्वय समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा अवधि १८ वर्ष पुगि सक्दा समेत कामको कुनै मूल्यांकन, योग्यताको कदर र रोजगारीको दिगो व्यवस्थापन गर्ने काम नभएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जीवनको उर्जाशिल समय आफू र परिवार मात्र नभनी समाज, गाउँ टोलमा लैंगिक विभेद हटाउन, विकृति विसंगती, कुप्रथा, छुवाछुत, बाल तथा बहुविवाह, महिला समूह र सामाजिक भावनाको विकास गर्दै सहकारी अभियान, सामाजिक सांस्कृतिक आर्थिक एवं महिला सशक्तिकरणको विभिन्न जागरण अभियानमा गाउँगाउँमा द्वन्द्वकालीन अवस्थामा समेत जोखिममा रही संघर्ष गर्दै सेवा तथा काममा खटिरह्यौ । तर श्रेणीविहीन सामाजिक परिचालिका मात्र नभई २०५६\५७ सालमा महिला मन्त्रालयले बनाएको निर्देशिकालाई हालसम्म समेत परिमार्जन नगरी अन्य भइरहेको छ ।’

समितिले नयाँ संविधान तथा नयाँ संरचना कार्यान्ययन भैरहेको अवस्थामा सामाजिक परिचालिका माथि लैंगिक विभेद र श्रेणीविहिन तथा न्युनतम पारिश्रमिकको मापदण्ड समेत नीतिगत व्यवस्था नभएको भन्दै ध्यानकर्षण गराएको छ ।

‘हामी जस्तै समान प्रकृतिका कर्मचारी र अन्य मन्त्रालयको कर्मचारीहरूको पेशागत संरक्षण र दिगो व्यवस्थापन गरी स्थायी समेत भैसकेको अवस्था छ । सामाजिक परिचालिकाको शुरु नियुक्ति भएको मितिबाट जम्मा पारिश्रमिक १० सय बाट, दुई हजार रुपैयाँ र आन्दोलन पश्चात ३५ सय बाट ५ हजार रुपैयाँमा सेवारत छौँ । अहिले पारिश्रमिक वृद्धिका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम केही न्युन बजेट छुट्याइएको छ । यसले न्युन सेवा सुविधामा गाउँमा समन्व्यको लागि सञ्चार खर्च समेत नपुग्ने भएकाले यस्ता खालको विभेदित अन्यया तथा कामकारबाही प्रति खेद तथा दुःख व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

महिला तथा बालबालिका कार्यालयमा ७५ जिल्लामा कार्यरत महिला कर्मचारी तथा कार्यालय प्रमुखको नीगित व्यवस्था मिलाई स्थयी गरीसकेको अवस्थामा सोही कार्यालयमा कार्यरत सामाजिक परिचालिका र कार्यालय सहयोगि पुरुष कर्मचारी अस्थायीलाई वेवास्था भइरहेको भन्दै संघर्ष समितिले भविष्य नै अन्यलमा पुगेको बताएको छ ।

संघर्ष\समन्वय समितिका संयोजक कविता थापाले आफूहरूको माग सम्बोधन भएर कडा संघर्षका आन्दोलनमा उत्रिने बताइन् । समितिले आइतबार विरोध ¥याली समेत निकालेको थियो ।

यस्तै आफ्ना माग सम्बोधन गर्न भन्दै काठमाडौं भद्रकालिमा विगत ९ दिनदेखि बाजुराकी सरस्वती गिरी, सिराहाकी गीताकुमारी चौधरी र रामेछापकी डिलकुमारी थिङ अनशनमा बसिरहेका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत २०५६\५७ मा जागृती तथा आयआर्जन कार्यक्रम निर्देशिका र महिला विकास कार्यक्रम ७५ जिल्लाको महिला तथा बालबालिका कार्यालयमा विधिवत् प्रक्रिया मार्फत मापदण्डमा रही देशभर ६ सय ९७ जना नियुक्त गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: