बानको महासचिवमा दुर्गा विजयी


प्रकाशित मिति :2018-04-08 17:31:53

–महिला खबर–

ललितपुर । नेपालका नीजि रेडियोहरुको संस्था ब्रोड्काष्टिङ एसोसियसन अफ नेपाल (बान) को महासचिवमा पहिलो पटक महिला विजयी भएकी छन् ।

दुर्गा अधिकारी

बानको शनिबार काठमाडौंमा सम्पन्न छैठौं साधारणसभाले दुर्गा अधिकारीलाई महासचिवमा विजयी गराएको हो । पोखराको रेडियो सफलताकी प्रबन्ध निर्देशक अधिकारी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

यस्तै बानको केन्द्रीय कमिटीमा अन्य चार जना महिला विजयी भएका छन् । २३ सदस्यीय केन्द्रीय कमिटीमा पोखराकी हिरा भट्टराई, चितवनकी मुना गुरुङ्, धरानकी हिमाल राई केन्द्रीय सदस्य पदमा र उदयपुरकी रेणु पराजुली र रुपन्देहीकी उषाकिरण पन्थ आमन्त्रित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्षमा चन्द्र न्यौपाने

बानको अध्यक्षमा भने चन्द्र न्यौपाने निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

चन्द्र न्यौपाने

उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द कुशियारी सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई लगायत सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

प्रदेश नम्बर १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप–संयोजकमा गिरीराज भट्टरार्ई ,प्रदेश नम्बर २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपिन ढुंगाना, प्रदेश नम्बर ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन भएका हुन् । प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी भएका छन् । उनले १४ मत प्राप्त गरे ।

सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि चुनाव भएको थियो । प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो नभएकाले कमिटि चयन हुन भने सकेन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: