‘समलिंगी विवाहलाई कानूनी मान्यता देउ’


प्रकाशित मिति :2018-04-08 21:51:53

काठमाडौं । समलिंगी विवाह सम्बन्धि तयार भएको प्रतिवेदनमाथि सरकारले वेवास्ता गरेको भन्दै मितिनी नेपाल लगायतका संघसंस्थाले सरकारलाई ध्यानकर्षण गराएका छन् ।

आइतबार महिला तथा बालबालिका मन्त्री थममाया थापालाई ध्यानकर्षण पत्र बुझाउँदै नेपाल सरकारले समलिंगी विवाह सम्बन्धि सर्वोच्च अदालतको आदेश र सो आदेश अनुसार गठन भएको समितिको प्रतिवेदनलाई समेत वेवास्ता गरेको भन्दै ध्यानकर्षण गराइएको हो ।

मितिनी नेपाल लगायत संस्थाले सन् २००६ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार, उनीहरुको वैवाहिक अधिकार, लगायतका विषयलाई समेटेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

सन् २००७ मा सर्वोच्चले मुद्दाको फैसला गर्दै समलिंगीका विभिन्न अधिकारहरुको सुनिश्चित गर्न आग्रह गरेको थियो । सर्वोच्चको आदेश अनुसार तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा समलिंगीको लागि अध्ययन गरी नेपाल सरकारलाई पेश गर्न स्वास्थ्य मन्त्रालयका तत्कालिन सहसचिव डा.लक्ष्मीराज पाठकको संयोजकत्वमा कमिटी समेत गठन गरेको थियो ।

कमिटीले लामो समयको अध्ययन पश्चात नेपाल सरकारलाई समलैंगिक विवाहको आवश्यकता रहेको भनी सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उनीहरुले समलिंगी विवाहलाई कानूनी मान्यता दिन माग गर्दै आएका छन् ।

उक्त प्रतिवेदन बुझाएको लामो समय भएपनि नेपाल सरकारले सर्वोच्च अदालतको आदेश र गठन भएको समितिको प्रतिवेदनलाई समेत वेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

ध्यानकर्षण पत्र बुझाउने क्रममा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समलिंगी समुदायको हक अधिकार र विवाहमा सरकारले ठोस निष्कर्ष निकाल्न नसकेको बताइन् ।

ध्यानकर्षण बुझ्दै मन्त्री थापाले समलिंगीकोे समस्यालाई सम्वोधन गर्ने प्रतिवद्धता जनाइन् । सो अवसरमा मितिनी नेपालका उपाध्यक्ष मिना स्वर्णकार, सचिव सरिता केसी, क्रिस्टीना वोम्झन, महिला युवा नेपालका अध्यक्ष सन्ध्या बिडारी लगायतको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: