निशानामा बालिका र किशोरी


प्रकाशित मिति :2018-04-09 11:16:02

–महिला खबर–

नेपालगञ्ज । गएको चैत १० गते बाँकेको कोहलपुरमा १० वर्षिया बालिका बलात्कृत भइन् । ईलाका प्रहरी कार्यलयका अनुसार राती ८ बजेको समयमा कोहलपुर ११ स्थित दशबिगाह नजिकैको एक खाजा घरबाट उठाई नजिकैको खेतमा लगेर कोहलपुरकै ३० वर्षका थमबहादुर बुढाथोकीले बलात्कार गरेका थिए ।

प्रहरीले बलात्कारमा घटनामा संलग्न भएको आरोपमा बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । १० वर्षकी बालिका बलात्कारमा परेको घटना सेलाउन नपाउदै पुनः ७ वर्षिया बालिका यौन दुव्र्यबहारमा परिन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुई किशोरले ७ वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेका हुन् ।

चैत १४ गते कोहलपुर नगरपालिका १ बस्ने १२ र ९ वर्षका बालकले ७ वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेका हुन् । बालिकाको हजुरआमाले सो घटनाको जानकारी पाएर प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

माथिका त उदाहरण मात्रै हुन् । बाँके जिल्लामा पछिल्ला दिन भएका बलात्कारका घटनाले प्रहरी प्रशासनलाई नै झस्काइदिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १ गतेसम्म नेपालगञ्जमा जबरजस्ती करणीका २२ वटा उजुरी परेका छन् ।

प्रहरीका अनुसार दर्ता भएका उजुरीका पीडितमा १० वर्षमुनिका ३ बालिका छन् भने १६ वर्ष मुनिका ५ जना, १६ वर्षदेखि माथिका उमेर समूहका १४ जना बालिका र किशोरी बलात्कारको शिकार भएका छन ।

यो अवधीमा १७ जना किशोरी तथा बालिका माथि बलात्कारको प्रयास भयो । प्रहरीले दर्ता भएका २२ मुद्दाका २ जना आरोपी भने फरार रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा चालू वर्षमा १३ जना महिला तथा बालबालिका बलात्कृत भए  । ५ जना माथि बलात्कारको प्रयास भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रम्ख डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए  ।

उनका अनुसार अनुसार आर्थिक वर्ष ०७४÷७५ को फागुनसम्म १३ जना बालिका बलात्कारमा परेका छन् । यसैगरी आर्थिक वर्ष ०७२÷७३ मा जबर्जस्ती करणी उद्योगका १०, ०७३÷७४ मा ११ र ०७४÷७५ को फागुनसम्म ५ वटा बलात्कार प्रयासको घटना भएको ।

डिएसपी भट्टराईले भने, ‘७५ प्रतिशत बलात्कारका घटना १६ वर्षमुनिका बालिकामाथि हुने गरेको गरेको छ ।’ ‘धाकधम्की र प्रलोभन देखाएर बलात्कार गरेका छन्’ उनले भने – प्रलोभनमा सजिलै फस्ने भएकाले बलात्कारको सिकार बालिका भएका हुन् ।

घरभित्रै असुरक्षित

बाँकेका बालिका तथा किशोरी घरभित्रै असुरक्षित रहेको तथ्यांकले देखाएको छ  । उनीहरू घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणबाट पीडित छन् ।

यौन हिंसाका ३० वटा घटना जिल्ला प्रहरीमा दर्ता भएका छन् । महिला बालबालिका सेवा केन्द्र प्रमुख श्यामकुमारी पाइजा मगरका अनुसार घरेलु हिंसामा परेका १४ महिलाले आत्महत्या गरेको घटना दर्ता भएका छन् ।

बहुविवाहका तीन, महिला अपहरणका तीन र चार महिलाको हत्या भएको प्रहरी तथ्यांक छ  । मानव बेचबिखनका ९ घटना दर्ता भएका छन् । ‘चालू आवमा १ सय ४६ महिला हराएको उजुरी छ । तिनमा ५० बालिका छन्’ मगरले भनिन् ‘महिला हिंसा बढ्दो छ ’ प्रहरीमा घरेलु हिंसाका २ सय ६२ घटना दर्ता छन ।

तीमध्ये २ सय १६ महिला सम्बन्धित छन्  । १ सय ९४ घटनामा मिलापत्र भएको प्रहरीले जनाएको छ । १५ उजुरी भने अदालत पुग्यो । इन्सेक नेपालगन्जका अनुसार एक वर्षमा १ सय महिला घर निकाला गरिएका छन् । जिल्लामा किशोरीमाथि बलात्कार र यौन दुर्व्यवहार बढी भएको छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: