‘मैना सुनुवार’ हत्या प्रकरणः निरञ्जन बस्नेतलाई पुनरावेदनबाट पनि सफाइ


प्रकाशित मिति :2018-04-09 16:43:26

–महिला खबर–

ललितपुर । द्वन्द्वका बेला बलात्कार पछि हत्या गरिएकी काभ्रेकी मैना सुनुवारकी आमा देवी सुनुवारले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन खारेज भएको छ ।

काभ्रे जिल्ला अदालतले मैना सुनुवार हत्याकाण्डमा अभियोग लागेका मध्ये नेपाली सेनाका सह–सेनानी निरञ्जन बस्नेतलाई सफाइ दिएपछि कारबाहीको माग गर्दै देवी सुनुवारले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएकी थिइन् ।

यही चैत्र २० गते उच्च अदालत पाटनले रिट निवेदनको सुनुवाइ गर्दै जिल्ला अदालत काभ्रेले गरेको फैसलालाई नै सदर गर्दै रिट निवेदन खारेज गरेको हो ।
रिट खारेज भएपछि मैना सुनुवार हत्याका मुख्य आरोपी सेनाका बहालवाला सह–सेनानी बस्नेतले सफाइ पाएका छन् ।

मैनाका बाबु पूर्णबहादुर र देवीले २१ मंसिर ०६२ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा नेपाली सेनाका बहालवाला सह–सेनानी निरञ्जन बस्नेत, तत्कालिन महासेनानी बबि खत्री, सह–सेनानी सुनिल प्रसाद अधिकारी र अमित पुन विरुद्ध उजुरी दिएका थिए ।

२०७४ बैशाख ३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले तत्कालिन नेपाली सेनाका महासेनानी बबि खत्री, सह सेनानीद्वय सुनिल प्रसाद अधिकारी र अमित पुनलाई जन्म कैदको फैसला सुनाएको थियो । तर, बहालवाला सह–सेनानी बस्नेतलाई भने सफाइ दिएको थियो ।

जन्मकैदको सजाय सुनाइएका ३ जनालाई पनि मुलुकी ऐन अदालती बन्दोबस्तीको १८८ नम्बर बमोजिम ५ वर्षको कैद हुने व्याख्या गरि साधक जाँचको लागि उच्च अदालत पाटनमा पठाएको थियो ।

अदालती बन्दोबस्तीको १८८ नम्बरले फैसला गर्ने न्यायाधीशलाई सर्वस्व सहित जन्मकैद वा जन्मकैदको मुद्दामा घटना हुँदाको अवस्था हेर्दा फैसला बमोजिमको सजाय चर्को भयो भन्ने लागेमा कम सजाय तोक्ने अधिकार दिएको छ ।

सरकारवादी मुद्दाको उजुरी गर्ने अधिकार न्यायाधिवक्तालाई हुन्छ । मैना सुनुवारको मुद्धामा सह–सेनानी बस्नेतलाई बस्नेतलाई सफाइ दिएको विषयमा सरकारी वकिल कार्यालयले फैसला त्रुटिपूर्ण थियो भनी उच्च अदालतमा पुनरावेदन गर्ने अधिकार जिल्ला न्यायाधिवक्तालाई थियो ।

तर जिल्ला न्यायाधिवक्ताले पुनरावेदन गर्न नपर्ने भन्दै उच्च अदालत सरकारी वकिल कार्यालयलाई पत्र लेखेको थियो ।

मैनाकी आमा देवीले पुनरावेदन नगर्ने सरकारी वकिल कार्यालयको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गरि पाउँ भनि महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।

सोही रिट उच्च अदालत पाटनले बदर गरेको हो । जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन नगर्दा प्रतिवादीले सफाइ पाएको अधिवक्ता पुष्पराज पौडलले बताए । उनी भन्छन्, सरकारी वकिल कार्यालयले सो मुद्दाको पुनरावलोकन गरेको भए मुद्दा उल्टिन सक्थ्यो ।’

उच्च अदालत पाटनले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने मैनाकी आमा देवी सुनुरले बताइन् ।
सेनाबाट बेपत्ता बनाइएकी मैनाको ५ वैशाख ०६१ मा मृत्यु भएको खबर घरपरिवारलाई दिइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: