बलात्कार प्रयास गर्ने सामाजिक कार्वाहीमा


प्रकाशित मिति :2018-04-10 12:23:55

–महिला खबर–

कैलाली । श्रीमान घरमा नभएको मौका पारेर महिलालाई बलात्कार गर्न खोज्ने एक व्यक्ति सामाजिक कार्वाहीमा परेका छन् ।

कैलालीको कैलारी गाउँपालिका–१, दक्षिण मन्झराका टुकी भनिने कृष्ण प्रसाद चौधरीलाई गाउँलेले कालोमोसोसहित जुत्ताको माला लगाएर कार्वाही गरेका हुन् ।

श्रीमान घरबाहिर भएकी महिलाको संरक्षण गर्नुपर्ने सामाजिक दायित्वलाई बिर्सेर महिला एक्लै हुदाको गलत फाइदा उठाउन खोजेको भन्दै गाउँलेले कुटपिट गर्दै कालोमोसोसहित जुत्ताको माला लगाएर कार्वाही गरेको महिला खबरलाई जानकारी प्राप्त भएको छ ।

पीडित महिलाका अनुसार यही चैत्र २३ गते राति १२ बजेको समयमा कृष्ण प्रसाद चौधरी उनको घर गएका थिए । आफ्नो घरमा आएका कृष्ण प्रसाद आफूलाई जवर्जस्ती गर्न थाले पछि कुटपिट गर्दै महिला चिच्याउन थाले पछि टोल छिमेकी जम्मा भएको पीडित महिलाको भनाइ छ ।

महिलाको हार गुहार सुनेर जम्मा भएका छिमेकीले घटनास्थलमै कृष्ण प्रसादलाई कुटपिट गरेको र अर्को दिन गाउँलेको बिचमा राखेर कालोमोसो दल्दै जुत्ताको माला लगाएर कार्वाही गरिएको बताइएको छ ।

यस्तै टुकीलाई स्थानीय महिलाले २ लाख रुपैयाँ जरिवाना समेत गराएको थाहा भएको छ ।

गाउँ घरमा आगामी दिनमा यस्ता खालका घटना दोहोरिए महिलाहरूले यस्तै खालको सामाजिक कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

७ जना पक्राउ

उता जिल्ला प्रहरी कार्याल्य कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विर बहादुर बुढामगरका अनुसार बलात्कारको प्रयास गर्ने व्यक्तिलाई कालोमोसो दलेको घटना सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले सोमबार टुकी भनिने कृष्ण प्रसाद चौधरीसहित ७ जनालाई पक्राउ गरेको छ ।

कृष्ण प्रसाद चौधरीले बलात्कारको प्रयास गरेको भए उनलाई कानुनी दायरामा ल्याउनुको सट्टा कानुन हातमा लिएर कार्वाही गर्न खोजेको भन्दै प्रहरीले स्थानीय विसराम चौधरी, बुद्धिराम चौधरी, दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छुदराम चौधरीलाई प्रक्राउ गरेको प्रहरी प्रवक्ता बुढामगरले महिला खबरलाई जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तरगत आज मुद्दा चलाउने तयारी गरेको छ । पीडित भनिएकी महिलालाई बयानका लागि प्रहरी कार्यालयमा बोलाइएको र उनको बयानका आधारमा बलात्कारको प्रयास गर्ने कृष्ण प्रसादलाई मुद्दा दर्ता गरिने पनि प्रवक्ता बुढामगरले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: