बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह


प्रकाशित मिति :2018-04-10 15:38:52

-महिला खबर-

ललितपुर । शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदाय लगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारले सबैमा आग्रह गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको हो ।

मन्त्री, सम्पूर्ण राजनीतिक दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका निर्वा्चित जनप्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, रङ्गकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद्, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, सरकारी एवं गैरसरकारी संघसंस्था, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, राष्ट्रिय अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्ण देशभक्त एवं शिक्षाप्रेमी महानुभावमा सरकारका तर्फबाट स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन आह्वान गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

शिक्षाको अधिकारबाट वञ्चित तथा विद्यालय जान नसक्ने बालबालिकालाई शिक्षा दिने र अशिक्षालाई समाप्त गर्ने उद्देश्यसहित उक्त अभियान शुरु गरिएको बाँस्कोटाको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: