-महिला खबर-
ललितपुर । संविधान संसोधन गरेर संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै आज काठमाडौंमा दबाब र्याली प्रदर्शन गरिएको छ ।
उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी र अधिकारकर्मीहरुले बलात्कारीलाई फाँसीको माग गर्दै र्याली प्रदर्शन गरेका हुन् ।बानेश्वरबाट सुरु भएको र्याली माइतीघर मण्डला पुगेर समापन भएको युवा अधिकारकर्मी सन्ध्या बिडारीले जानकारी दिइन् ।
र्यालीमा संविधान संसोधन गर, संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, यौन अत्याचार बन्द गर, महिलामाथिको अत्याचार बन्द गर, बलात्कार गर्न पाइदैन, न्यायिक निकाय होसियार जस्ता नारा लगाइएका थिए ।
माइतीघर मण्डलामा बोल्दै अधिकारकर्मी साबित्री सुवेदीले बलात्कार विरुद्ध फाँसीको व्यवस्था नभएसम्म बलात्कार जस्तो जघन्य अपराध नरोकिने बताइन् । आयोजकले संविधान संसोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था नगरुञ्जेल विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।
Comment Here!