दोलखा प्रहरीमा महिला तथा बालबालिका सेवा केन्द्रको छुट्टै भवन


प्रकाशित मिति :2018-04-11 10:54:44

–सर्मिला बुढाथोकी– 

दोलखा । दोलखामा महिला तथा बालबालिकाको उजुरी तथा छानबिन प्रकृया लैंगिक मैत्री बनाउन नेपाल प्रहरीले महिला तथा बालबालिका सेवा केन्द्रको छुट्टै भवन बनाएको छ ।

महिला बालबालिका हिंसामा परेपछि आउने उजुरी प्रकृया र त्यसको अनुसन्धान पद्दतीमा गोपनियता कायम राख्न र लैंगिक मैत्री सेवा बनाउनको लागि प्रहरीले दुई तले महिला बालबालिका सेवा केन्द्र बनाएको प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

एसियाली विकास बैङ्कको सहयोगमा करिब एक करोड २३ लाख रुपैयाको लागतमा भवन निर्माण भएको प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौडाको प्राविधिक सहयोग समूहकी प्रहरी निरीक्षक विमला श्रेष्ठले जानकारी दिईन् ।

केन्द्रको नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजि) पुष्कर रेग्मीले मंगलबार उद्घाटन गरे ।

केन्द्रको उद्घाटन गर्दै उनले विगत देखिनै धर्म, संस्कृतिको नाममा महिला माथि भइरहेको विभेद हटाउन सरकारले कानून निर्माण गरेको बताए । उनले महिलाको पक्षमा बनेका ति ऐन कानून कार्यान्वयनको लागि प्रहरीले छुट्टै निर्देशनालय बनाएर काम गरिरहेको पनि बताएका थिए ।

महिलाहरु हिंसा सहेर बस्नेभन्दा पनि कानूनी उपचारको लागि प्रहरीकहाँ आउने दर पनि बढेको उनले बताए । रेग्मीले महिला तथा बालबालिका माथि हुने हिंसाको अन्त्यको लागि प्रहरीले महिला तथा बालबालिका सेवा निर्देशनालय मार्फत १ हजार ३ सय ५९ प्रहरी परिचालन गरेको समेत बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: