भारतको कोठीबाट पाँच युवतीको उद्धार


प्रकाशित मिति :2018-04-11 11:15:29

-महिला खबर-

नेपालगञ्ज । माईती नेपाल नेपालगञ्जले भारतको कोठीबाट छापामारेर पाँच जना नेपाली चेलीको भारतको आग्राबाट उद्धार गरेको छ । केही समय अघि उनीहरुलाई उद्धार गरिएको नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।

उनीहरु दुई वर्षदेखि पाँच वर्षअघि कोठीमा पुर्याईएका पाइएको कोइरालाले बताए । उनका अनुसार उनीहरु ७ देखि २२ वर्षमुनीका रहेका छन् । उद्धार गरिएका युवतीहरु अहिले आगरास्थित भारतीय प्रहरीको महिला सेलमा रहेका छन् ।

स्थानीय अदालतमा कोठी सञ्चालक विरुद्ध मुद्दा परेकाले युवतीहरुलाई बयानका लागि भारतमै राखिएको हो । माईती नेपालका संयोजक कोइरालाका अनुसार पाँच जना मध्ये चार जना युवतीहरु आफ्नो प्रेमिकाको ललाईफकाईमा परेर बेचिएका हुन । अर्की एक जना भने आफ्नै नातेदार महिलाबाट बेचिएको पाइएको छ ।

उनीहरु सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत जिल्लाका रहेका छन् । ‘कलिलै उमेरमा आफन्तबाटै नेपाली चेलीहरु भारतमा बेचिन्छन भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ’ कोइरालाले भने ।

निकै जोखिम मोलेर युवतीहरुको उद्धार गरिएको माइती नेपालले जनाएको छ । कोठी सञ्चालिकासँग स्थानीय प्रहरीको समेत मिलोमतो हुने भएकाले माथिल्लो निकायमा पहुँच बनाएर मात्र उद्धार हुँदै आएको कोइरालाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: