–महिला खबर–
ललितपुर । नेपाली महिलाको जीवनीलाई बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरि अध्यापन शुरु गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनकथालाई त्यहाँको समाजशास्त्र विभागले स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरेको हो ।
१४ वर्ष अघिदेखि शुरु भएको सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मानबाट सम्मानित भएकाहरुबाट छनौट गरी उनीहरुको जीवनीलाई पाठ्यक्रममा राखिएको सेलिब्रेटिङ वुमनहुडकी संयोजक सिर्जनासिंह योञ्जनले जानकारी दिइन् । योञ्जन र उक्त विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेको ‘सेलिब्रेटिङ वुमनहुडः विमेन हु इन्स्पायर पोजेटिभ चेन्ज’ नामक उक्त पुस्तकमा काममार्फत नेपाली समाजमा परिवर्तनका लागि काम गर्ने संघर्षशिल महिलाका यथार्थ कथा÷अनुभव समेटिएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा रिडर साराले नेपाली महिलाको जीवनी बेलायती विद्यार्थीका लागि पे्ररणादायी हुने भएकाले पाठ्यक्रममा समावेश गराउन पहल गरेको बताइन् ।
उक्त पाठ्यक्रममा समावेश हुने महिलाहरुमा महिला आधारशिलाका रेणु शर्मा÷कमला सुवेदी, निर्मला बागचन्द, अमिरा दली, कल्पना कार्की, जुबेदा खातुन, इन्दिरा रानामगर, लक्ष्मी रानामगर, तृप्ता लुंगेली मगर, सरिता मिश्र, चमेली वाइवा, रिन्छिन योञ्जन लामा, ज्ञानीशोभा तुलाधर, मेनुका थापा, रामदेवी तामाङ, निशा शर्मा, केशरी थापामगरलगायत रहेका छन् ।
Comment Here!