‘महिलालाई आत्मनिर्भर बनाउन महानगर तयार’


प्रकाशित मिति :2018-04-12 13:47:15

– महिला खबर-  
ललितपुर । ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आत्मनिर्भर बनाउन महानगर तत्पर रहेको बताएकी छिन् ।
महिलाहरुको लागि सञ्चालन गरिएको एक महिने मखमली जुत्ता बनाउने तथा एम्ब्रोइडरी तालिमको समापन कार्यक्रममा सत्यालले महिलाहरुको आर्थिक अवस्था सुदृढ नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने बताइन् ।
ललितपुर महानगरले महिला सशक्तिकरणका लागि आत्मनिर्भर र स्वाबलम्बी बन्ने सीप प्रदान गरिरहेको समेत उनको भनाई थियो ।ललितपुर महानगरपालिका, सामुदायिक शाखाका प्रमुख प्रेमबहादुर थापाले तालिम लिएर बस्ने मात्र नभई यसलाई व्यवहारमा लागु गर्नुपर्नेतर्फ जोड दिनुपर्ने बताए ।

स्थानीय महिलाहरुलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने उद्देश्यका साथ आयोजित तालिममा २२ महिलाहरुको सहभागिता रहेको थियो ।वडा नं ६ स्थित कनिबहालमा सञ्चालन भएको तालिम महानगरको सहयोग र श्रृजनशील महिला सीप विकास केन्द्रको आयोजनामा भएको साढे एक महिनासम्म सञ्चालन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: