१८ वर्षमै विवाह गर्छन् ५२ प्रतिशत महिला


प्रकाशित मिति :2018-04-13 11:25:13

–महिला खबर–

ललितपुर । नेपालको कानूनले २० वर्ष अघि भएको विवाहलाई वैधानिकता दिँदैन । काननून अनुसार विवाहको लागि महिला पुरुष दुबैको उमेर २० वर्ष भएको हुनुपर्छ । तर, नेपालमा आधा बढि अर्थात् ५२ प्रतिशत महिलाको विवाह १८ वर्षमा हुने गरेको पाइएको छ ।

स्रोत : नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण प्रतिवेदन २०१६

स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालमा आधा बढि महिलाको विवाह १८ वर्षको उमेरमा हुने गरेको पाइएको हो ।

अध्ययनमा भनिएको छ, ‘आधाबढि महिलाले १८ वर्षमा विवाह गर्छन् । जबकी ५ पुरुषमा १ अर्थात् १९ प्रतिशतले मात्रै १८ वर्षमा विवाह गर्छन् ।’

प्रतिवेदन अनुसार शिक्षा हासिल गरेको तुलनामा शिक्षा हासिल नगरेका महिलाको विवाहको उमेर ४.६ वर्ष अगाडि छ । जस अनुसार एसएलसी भन्दा कम पढेका महिलाहरुको विवाहको औषत उमेर १६.८ प्रतिशत छ भने एसएलसी माथि पढेका महिलाहरुको विवाह २१.४ वर्षमा हुने गरेको छ ।

अध्ययनमा प्रतिवेदन अनुसार नै यौन सम्पर्क भने महिलाले विवाह पछि र पुरुषले विवाह अगाडि नै गर्ने गरेका पाइएको छ । नेपालमा महिलाहरु विवाह भएकै उमेरमा यौन सम्पर्क शुरु गर्छन् भने पुरुषहरु विवाह गर्ने उमेर भन्दा १.२ बर्ष अघि देखिनै यौन सम्र्पक शुरु गर्ने गरेको पाईएको छ ।

अध्ययन प्रतिवेदनमा थप भनिएको छ, ‘एस.एल.सी. वा सो भन्दा बढी शिक्षा हासिल गरेका महिलाहरु शिक्षा हासिल नगरेका महिलाहरु भन्दा ४.५ बर्ष पछि मात्र यौन सम्पर्क शुरुवात गर्ने गरेको पाइएको छ ।’

अध्ययन अनुसार एस.एल.सी. वा सो भन्दा बढी पढ्नेले २१.४ वर्षमा र शिक्षा नपाएका १६.९ वर्षमा) यौन सम्पर्क गर्छन् भने ५१ प्रतिशत महिलाहरु १८ बर्ष अगाडि नै यौन सम्पर्क गर्ने गरेको पाईएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: