अदालतमा बलात्कारका मुद्दा बढ्दै


प्रकाशित मिति :2018-04-13 13:54:54

– महिला खबर
ललितपुर । ललितपुर जिल्लामा तीनवर्षयता बलात्कारका मुद्दा बढ्दै गएको छ । ललितपुर जिल्ला अदालतको तथ्याङ्क अनुसार बलात्कारका मुद्दा बढ्दै गएको पाइएको हो ।

जिल्ला अदालत ललितपुरमा तीन वर्षमा ८८ वटा मुद्दा दर्ता भएको छ । जसमध्ये ७९ मुद्दा फैसला भएका छन् ।
आर्थिक वर्ष ०७२/०७३ मा ३५ बलात्कारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७३/०७४ मा २६ बलात्कार मुद्दा दर्ता भए । भने चालु आर्थिक वर्षकाे साउनदेखि चैत्र २२ सम्म २९ वटा बलात्कार मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मुद्दा मध्ये आर्थिक वर्ष ०७२/०७३ मा ३२ मुद्दा फैसला भएको तथ्यांकले देखाएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा २९ वटा र चालु आर्थिक वर्षमा १८ मुद्दा फैसला भएको छ ।

यस बर्षमा अदालतमा दर्ता भएका २९ मुद्दा मध्ये ८ वटा मुद्दामा पीडितले बयान फेरेको ललितपुरका जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सहायक न्यायधिवक्ता रमेश भट्टराईले महिला खबरलाई बताए ।

‘सुरुमा बलात्कार भएको भनि मुद्दा दार्ता गर्ने, मुद्दा चल्दै गएपछि पीडितले होइन भनि बयान फेर्दा पीडक उम्किने गरेका छन् ।’ उनी भन्छन्, ‘जसले गर्दा पीडितलाई न्याय दिलाउन अप्ठ्यारो हुने गरेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: