सुरक्षा नहुँदा १४ प्रतिशत महिला घरबाट निस्किदैनन्


प्रकाशित मिति :2018-04-13 15:36:49

–महिला खबर–

ललितपुर । नेपालमा हरेक दिन जसो बलात्कारका घटना बाहिर आउने गरेका छन् । महिलाको हत्या भएको, यौन हिंसामा परेका, घरेलु हिंसामा परेका घटना सार्वजनिक भइरहेका छन् ।

यद्यपि, अधिकांश नेपाली महिलाले भने आफूलाई असुरक्षित महशुस नगर्ने गरेको पाइएको छ । द एशिया फाउण्डेशनले गरेको ‘नेपाली जनमत सर्वेक्षण २०१७’ को प्रतिवेदन अनुसार जम्मा १४ प्रतिशत महिलाले मात्रै आफूलाई असुरक्षित ठानेर घरबाट ननिस्किने गरेका छन् ।

देश भरबाट ५ सय ९९ वडाका ७ हजार २ सय २ उत्तरदातालाई सर्वेक्षणमा सहभागी थिए । फाउन्डेसनका क्षेत्रीय सुशासन कार्यक्रम निर्देशक विष्णु अधिकारीले भने, ‘समाजमा महिलामाथि हुने घटना दिनदिनै बढेको प्रहरीको तथ्यांकले देखाएको छ तर महिलाहरु स्वंयम् नै असुरक्षित छु भन्ने अनुभव नगरेको अध्ययनमा पाइयो ।’

उनका अनुसार सर्वेक्षणका क्रममा विगत १२ महिनामा पछि आफूलाई असुक्षित छु भनेर घरबाट बाहिर ननिस्किएको अनुभव छ भनेर प्रश्नमा ८६ प्रतिशतले छैन् भनेका थिए ।

सर्वेक्षणका क्रममा कुनै अपरचित व्यक्तिसँग व्यक्तिसँग बोल्ने वा जाने अबैध गर्नुभएको छ भन्ने प्रश्नमा ८८ प्रतिशत महिलाले छैन भनेको देखिन्छ । घटना भएपनि महिलाहरुमा डर नभएको देखिएको उनले बताए ।

शुक्रबार ललितपुरमा गरिएको सर्वेक्षण सार्वजनिक कार्यक्रममा फाउन्डेशनका अनुसन्धान अधिकृत सिर्जना नेपालले उच्च शिक्षा छोरीभन्दा छोराको लागि बढी महत्वपूर्ण हुन्न भन्ने प्रश्नमा ८९ दशमलव ७ प्रतिशतले सहमत जनाएका थिए भने, १० दशमलव २ प्रतिशतले असहमत जनाएको पाइएको थियो ।

त्यसमा प्रदेश नं २ मा २० प्रतिशत भन्दा माथिकाले छोरालाई बढी महत्व दिइएको पाईएको अनुसन्धानकर्ता नेपालको भनाइ छ ।फाउण्डेशनले विभिन्न विधाको प्रश्नावली तयार गरेर सर्वेक्षण गरेको थियो । तिमध्ये राजनीतिक विधातर्फको सर्वेक्षणमा भने करिब ८० प्रतिशत महिलाले राजनीतिलाई ठिक मानेको पाइयो ।

उनका अनुसार ७९ दशमलव ९ प्रतिशत महिलाले राजनीतिलाई राम्रो मानेका पाइएको हो । तर, सर्वेक्षणका क्रममा १० दशमलव ९ प्रतिशत महिलाले महिला राजनीतिमा लाग्नु राम्रो नभएको बताएका नेपालले जानकारी दिईन् ।

हिमाली क्षेत्रका ३१ प्रतिशतले महिलाहरु राजनीतिमा महिला लाग्नु नराम्रो ठाक्ने गरेको पाइएको बताइन् । उनले हिमाली भेगका बालबालिकालाई घरदेखि विद्यालयसम्म पुग्न १० प्रतिशतलाई एक घण्टा भन्दा बढी समय लाग्ने गरेको पाइएको बताइन् । ७ प्रतिशतलाई दुई देखि तीन घण्टा लाग्ने गरेको पाइएको उनको भनाइ छ ।

महिलालाई घरबाहिरको काममा लागि प्रोत्साहित गर्नुभन्ने भन्ने प्रश्नमा ८९ दशमलव ५ प्रतिशत महिलाले सहमती जनाएका थिए भने १० दशमलव ३ प्रतिशतले असहमत जनाएको पाइएको थियो । कार्यक्रममा फाउन्डेसनका वरिष्ठ अनुसन्धानकर्ता सुन्दिन्द्र शर्माले सर्वेक्षणको विधिका बारेमा जानकारी गराएका थिए ।

यस्तै फाउन्डेसनका राष्ट्रिय पूर्व प्रतिनिधि जर्ज भारुगेसीले अनुसन्धानका बारेमा जानकारी दिँदै स्थानीय तहका जनताको स्थितीका बारेमा बुझ्न सर्वेक्षणले थप सहज हुने बताए । उनले भने, ‘सर्वेक्षणबाट आएका तथ्यांकले राष्ट्रिय तथा प्रान्तीय तहमा प्रतिनिधित्व गर्नेछ ।’

१८ वर्ष वा सोभन्दा बढी उमेरका उत्तरदाता मात्र सहभागी सर्वेक्षणमा ५१ दशमलव ८ प्रतिशत महिला र ४८ दशमलव २ प्रतिशत पुरुषलाई समेटिएको फाउन्डेसनले जनाएको छ । २०१७ को सेप्टेम्बर र अक्टोबरमा सर्वेक्षण गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: