महिला हिंसा : २०७४ लाई फर्केर हेर्दा


प्रकाशित मिति :2018-04-14 06:40:19

  • -सन्दिप वि.क-

ललितपुर । हामी वर्ष २०७४ लाई विदाई गर्दै शनिबारबाट २०७५ सालमा प्रवेश गरेका छौं । २०७३ सालको तुलनामा २०७४ सालमा महिला तथा बालबालिका बलात्कृत हुने, हिंसामा पर्ने घटना बढि सार्वजनिक भए । हामीले महिला तथा बालिका माथि भएका केही घटना विश्लेषणको प्रयास गरेका छौं ।

  • २०७४ साउन । बुटवल ईलाका प्रहरी कार्यालयमा रुपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाले आफ्नै बाबु विरुद्ध उजुरी गरिन् ।
    उजुरी घरायसी झैझगडा सम्बन्धी भएपनि प्रहरीले ढुक्कसँग बोल्न सक्ने वातावरण बनाईदिएपछि बालिकाले आफू बुवाबाट पटक–पटक बलात्कृत हुँदै आएको बताएकी थिइन् । तर आमा मानिनन् । अन्तमा मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिईन । मुद्धा प्रक्रिया अघि बढ्यो । बुवा जेल चलान भएका थिए ।

 

  •  २०७४ भदौ । चितवनको भरतपुर महानगरपालिका २१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्या हत्या भएको थियो । हत्यामा संलाग्न दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको थियो । भदौ १८ गते बेपत्ता भएकी घिमिरेको शव २२ गते घर नजिकैको कुलोमा सडेको अवस्थामा फेला परेको थियो ।

 

  •  २०७४ भदौ । रोजगारीको प्रलोभनमा पारी भारत पुुुर्याइएका ६ जना नेपाली युवतीहरुको उद्धार गरिएको थियो । माइती नेपाल कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपाल्चोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरेको थियो । रुद्रपुर प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए । उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको छ । 

 

  •  २०७४ असोज । उदयपुरमा बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय खोटाङले१४ वर्षीया बालिकालाई बन्धक बनाउने त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई पक्राउ गरेको थियो । पक्राउ परेका कटवालले खोटाङमा ट्याक्टर चलाउँदै आएका थिए । कटवालले विवाह गर्ने प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राखेका थिए ।

 

  • २०७४ कार्तिक । सिराहाको लहानमा छठको अवसरमा आयोजित नाच हेर्न जाँदा दिदी बहिनीमाथि नै बलात्कारको प्रयास भयो । प्रतिकार गर्दा उनीहरु कुटपिटमा परेका थिए । छिमेकी सन्तोष भन्डारी र देब पुर्बेले नै जबरजस्तीको प्रयास गरेका थिए ।

 

  • २०७४, मंसिर । ललितपुर गोदामचौरकी युवतीमाथि बलात्कापछि घाइते बनाइयो । बलात्कारपछि मरणासन्न गरी कुटिएकी युवती परिवार र समाजबाट विस्थापित छिन् ।

 

  •  २०७४, पुस । इटहरी १३ खनारकी बालिकालाई ३ जनाको समुहले सामुहिक बलत्कार गरे । बलात्कारपछि प्रहरीमा उजुरीको लागि जाँदा प्रहरी र वडा अध्यक्षले मिलापत्र गराए । घटना सार्वजनिक भएपछि मात्रै अभियुक्तहरु पक्राउ गरेर मुद्दा दर्ता भयो ।

 

  • २०७४,माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी हजारा खातुनले नागरिकता बनाइमाग्दा ज्यान गुमाइन् । उनलाई श्रीमान २४ वर्षीय रसिद राइन र सासु, ससुरा र नन्दले मट्टितेल छर्किएर ज्यूँदै जलाएका थिए । घाइते खातुनको काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

  •  २०७४, माघ । काठमाडौंको दरबारमार्गमा एक युवती सामुहिक बलात्कारको शिकार भईन् ।

 

  • २०७४, फागुन । कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरी बोक्सीको आरोपमै कुटिइन् । बोक्सी आरोपमा सार्वजनिक स्थानमा कुटपिट गर्दा गाउँले रमिते बनिरहे ।

 

  •  २०७४, चैत । दैलेखको चण्डामुण्डा नगरपालिका चिमेका एक महिला श्रीमानबाटै कुटिइन् । श्रीमान सूर्य बहादुर राउतले रक्सी खाएर डम्बर कुमारीलाई कुटपिट गरेका हुन् । उनले रिसको झोकमा श्रीमती डम्बर कुमारीलाई कुटपिट गर्दै आगो फुक्ने पाइपको ढुम्रोले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाएका थिए ।

 

  • यसरी हेर्दा २०७४ मा महिला तथा बालिकामाथिका हिंसाका घटना धेरै सार्वजनिक भए । नेपाल प्रहरीको २०७४ को साउनदेखि फागुनसम्म आठ महिनाको तथ्यांकलाई हेर्दा देशभर महिला तथा बालबालिका सम्बन्धि हिंसाका एक हजार सात सय ६४ वटा मुद्दा दर्ता भएको पाइएको छ ।

२०७४ को आठ महिनामा ७ सय ९५ वटा बलात्कारका घटना सार्वजनिक भए । साउन महिनामा १ सय ३१, भदौ महिनामा ९७, असोजमा ९३, कार्तिकमा ७६, मंसिरमा ६२, पुसमा ७८, माघमा १ सय २ र फागुनमा १ सय ६४ वटा बलात्कारका घटनाको मुद्दा दर्ता भएको पाइएको छ ।

२०७४ मै बलात्कार प्रयासका ४ सय २ वटा मुद्दा दर्ता भएका छन् । जसमा साउनमा ६२, भदौमा ४६, असोजमा ४७, कार्तिकमा ४६, मंसिरमा २७, पुसमा ४१, माघमा ४५ र फागुनमा ८८ वटा मुद्दा दर्ता भएको पाइएको छ ।

आठ महिनाको अवधिमा मानव वेचविखनका १ सय ६१ मुद्दा दर्ता भएका छन् । जसमा साउनमा २४, भदौमा २०, असोजमा १७, कार्तिकमा १४, मंसिरमा १०, पुसमा ३०, माघमा १८ र फागुनमा २८ वटा मुद्दा दर्ता भए ।

२०७४ मै गर्भपतनका मुद्दा भएका छन् । देशभर आठ महिनाको अवधिमा १३ वटा मुद्दा दर्ता भएका छन् । जसमा साउन महिनामा २, भदौमा ६, असोजमा १, कार्तिकमा २ वटा मुद्दा दर्ता भए ।
मंसिर, पुस र माघमा भने गर्भवतनका मुद्दा दर्ता भएनन् । फागुनमा भने २ वटा गर्भपतनका मुद्दा दर्ता भएका भए । २०७४ मा बहुविवाहका ३ सय ३२ वटा मुद्दा दर्ता भए । जसमा साउनमै मात्र ५१ वटा मुद्दा दर्ता भएका थिए । भदौमा ३६, असोजमा ३१, कर्तिकमा ३५, मंसिरमा ३३, पुसमा ४४, माघमा ४८ र फागुनमा ५४ वटा मुद्दा दर्ता भए ।

२०७४ मा बालविवाहका ३४ वटा मुद्दा दर्ता भएका थिए । साउनमा ४ वटा, भदौमा एक, असोजमा ४, कार्तिकमा ४, मंसिरमा ३, पुसमा ४, माघमा ९ र फागुनमा ५ वटा बालविवाहका घटना मुद्दा दर्ता भएका छन् ।

२०७४ को आठ महिनाको अवधिमा घरेलु हिंसाका २ वटा मात्र मुद्दा दर्ता भएका छन् । घटना धेरै भएपनि मिलापत्रका कारण कम मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।

२०७४ मा बोक्सी आरोपका २४ वटा मुद्दा दर्ता भएका छन् । साउनमा ३, भदौमा ४, असोजमा ६, कार्तिकमा २, पुसमा २, माघमा २ र फागुनमा ६ वटा घटना दर्ता भएका छन् ।

काठमाडौंमा मात्रै ८९ वटा बलात्कारका घटना

काठमाडौंमा चालु आर्थिक वर्ष २०७४/७५ को अवधिका मात्रै ८९ वटा बलात्कारका घटना घटेका छन् । महानगरीय प्रहरी परिसरका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारका घटना भएका थिए । काठमाडौंमा गत आर्थिक वर्ष २०७१/७२ मा ९२, २०७२/७३ मा ९९ र २०७३/७४ मा १ सय १२ बलात्कारका घटना घटेका थिए ।

फागुन महिनामा बढि हिंसा

यसरी २०७४ को आठ महिनाको तथ्यांकलाई हेर्दा फागुनमा सबैभन्दा बढी महिलाहरु हिंसामा परेको देखिन्छ ।

गएको आर्थिक वर्ष ७३÷७४ लाई हेर्दा बलात्कारका एक हजार एक सय ३१, बलात्कार प्रयासका ५ सय ३६, मानव वेचविखनका २ सय २७, गर्भपतनका २२, बहुविवाहका ४ सय ६४, बालविवाहका २६, बोक्सीका २४ र घरेलु हिंसाका ११ हजार ६ सय २९ वटा उजुरी दर्ता भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं अन्तरगत महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा २०७४ मा घरेलु हिंसाका घटनामा भने कमी आएन् ।

कार्यालयमा साउन महिनामा परेका १ सय २० उजुरी परेका थिए । भदौमा ८८ वटा, असोजमा ६५, कार्तिकमा ८९ घटना, मंसिरमा ६३ वटा घटना, पुसमा ६८ र माघमा ७६ घटनाका उजुरी आएका थिए । २०७३÷७४ मा एक हजार सात सय २० महिला घरेलु हिंसामा परेका उजुरी आएको थियो ।

यसरी हेर्दा २०७४ सालमा महिला हिंसाका घटनामा भने कमि आएन । बरु हिंसा अझ थपियो ।
आशा छ, २०७५ मा कुनै पनि महिला, बालबालिका बलात्कृत हुन नपरोस्, कुनैपनि महिला दाइजोको निहुँमा घरनिकाला, बोक्सीको आरोपमा कुटिन नपरोस् ।

वर्ष २०७५ को शुभकामना !!

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: