जबरजस्ती करणीविरुद्ध तीनमहिने अभियान शुरु


प्रकाशित मिति :2018-04-15 12:25:03

-महिला खबर-

ललितपुर । सिराहामा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेपछि आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु भएको छ । ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिए ।

यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रम समेत रहेको भेटवालको भनाइ छ ।
नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबजरस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको अभियानले राखेको छ ।

चालू आर्थिक वर्षको हालसम्ममा ४६ करणी र करणी उद्योगका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: