–महिला खबर–
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिने बताएका छन् ।
मुगुको राराबाट शनिबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बालविवाह, बहुविवाहलाई पूर्णतः निषेध गरिने बताए । यस्तै प्रधानमन्त्री ओलीले जातीय भेदभाव तथा छुवाछूत पूर्ण रुपमा उन्मूलन गरिने बताए ।
गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने समेत प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।
उनले अबदेखि कुनैपनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहने र आर्थिक अभावका कारण बीचैमा पढाइ छाड्नुपर्ने बाध्यताको समेत अन्त्य हुने बताए । शिक्षालाई प्रतिष्पर्धी, गुणस्तरीय र जीवनपयोगी एवं समाज उपयोगी बनाइने उनको जोड थियो ।
Comment Here!