–महिला खबर–
ललितपुर । बलात्कारको आरोपमा ललितपुरको बागमती गाउँपालिका–२ बाट प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षका शेखर लामिछाने छन् । लामिछानेले सोही ठाउँ बस्ने २१ वर्षीया युवतीलाई बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामिछानेको थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच नवलपरासीको गैंडाकोट नगरपालिका–२ बस्ने ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुर चैनपुर नगरपालिका–५ का २३ वर्षीय प्रकाश प्रजा रहेका छन् । उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवरपरासीले जानकारी दिएको छ ।
Comment Here!