न्याय माग्दै जुम्लाका महिला


प्रकाशित मिति :2018-04-18 10:56:05

– कृष्णमाया उपाध्याय

जुम्ला । सशस्त्र द्वन्द्वमा शारीरिक र मानसिक पीडा भोगेका जुम्लाका महिला न्यायको लागि दबाब दिन संगठित भएका छन् । जुम्लामा द्वन्द्व पीडित महिला एकता सञ्जाल गठन गरेर उनीहरुले न्यायको लागि आवाज उठाउन लागेका हुन् ।

एक नगरपालिका र ७ वटा गाउँपालिका रहेको जुम्लाका सबै स्थानीय तहमा सञ्जाल गठन गरेर उनीहरुले समस्यामा रहेका महिलाको पहिचान गर्न थालेका छन् । सशस्त्र द्वन्द्वको समयमा जुम्लामा धेरै महिलाहरुले श्रीमान, छोराछोरी गुमाउनुको साथै यौनजन्य हिंसा भोग्नु परेको थियो ।

राज्य तथा विद्रोही पक्षबाट विभिन्न किसिमका यातना सहनु परेको भन्दै राज्यले त्यतिबेला दिएको पीडालाई अझै बल्झिरहेकोले पीडा कम गर्न द्वन्द्व पीडित महिला एकता सञ्जाल गठन गरिएको सञ्जालकी अध्यक्ष हरि महतले बताईन् ।

उनले द्वन्द्व प्रभावित महिलालाई न्याय दिलाउन सञ्जालले सचेतना मूलक कार्यक्रम अगाडि बढाउने पनि जानकारी दिईन् । ‘गाउँगाउँमा पुगेर द्वन्द्व पीडित महिलाको पहिचान गरेर उनीहरुलाई न्याय दिनको लागि सरकारलाई घचघच्याउँछाै‌’ महतले भनिन् ।

द्वन्द्वको समयमा आफ्ना श्रीमान गुमाएकी तिला गाउँपालिका ५ चुलाकोटकी पार्वती बुढाले नेपाल टेलिकममा कार्यरत आफ्ना श्रीमानलाई गुमाईन् । तर उनले अहिले सम्म आफ्ना छोरा छोरी पढाउनको लागी कतैबाट सहयोग नपाएको र राज्यले राहत नदिएको पीडा सुनाईन् ।

मंगलबार जुम्ला सदरमुकाम खलंगामा भएको द्वन्द्व पीडित महिला एकता सञ्जालको औपचारिक भेलामा बोल्दै धेरै महिलाहरुले आफुहरुले श्रीमान गुमाएको, छोराछोरी गुमाएको र शारीरिक मानसिक पिडा भोग्नु परेको भएपनि राज्यले आफुहरुलाई न्याय दिन नसकेको बताएका थिए ।

चन्दननाथ नगरपालिकाको वडा नम्बर १ कुलालबाडाकी रुन्चकली सार्कीले भनिन्, ‘मेरो श्रीमान गुमाएँ, मानसिक पिडा अझै बढी रहेको छ तर हामी जस्ता पीडितहरुलाई सरकारले अहिले सम्म न्याय दिन सकेको छैन ।’

द्वन्द्व प्रभावित महिलाका भेलामा बोल्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाहरुले राहत पाए नपाएको विषयमा जानकारी लिएर अगाडी बढ्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: