सगरमाथा चढ्न पत्रकार महिला लुक्ला प्रस्थान


प्रकाशित मिति :2018-04-18 14:00:06

– महिला खबर-

ललितपुर । सगरमाथा आरोहण गर्ने पत्रकार महिलाको टोली बुधबार लुक्लातर्फ गएका छन् । सगरमाथाको आरोहणको लागि पाँच जना पत्रकार महिलाको टोली लुक्ला गएका हुन् ।

लुक्ला जानुअघि काठमाडौँ महानगरपालिकाले उनीहरुलाई २५ लाख रुपैयाँ सहयोग गरेको थियो । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

समूहमा नेपाल टेलिभिजनकी रोजिता बुद्धचार्य, मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई छन् ।

टोलिलाई मंगलबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आरोहण सफलताको शुभकामना दिँदै नेपाल महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: