विपन्न बालिकालाई सहकारीको सहयोग


प्रकाशित मिति :2018-04-19 11:03:58

-महिला खवर- 

कपिलवस्तु । महिलाहरुले सञ्चालन गरेका कपिलवस्तुको एक सहकारीले विपन्न बालिकालाई १२ कक्षासम्म पढाइदिने भएको हो ।

बुद्धभूमि नगरपालिकाको चेली कृषि सहकारी संथाले परिवारको आर्थिक अवस्था कमजोर रहेको बालिका गीता थारुको पढाइमा सहयोग गरेको हो ।

गीता कक्षा ३ की बालिका हुन् । उनलाई १२ कक्षासम्म पढ्न लाग्ने खर्च सहकारीमा ब्याजबापत प्राप्तहुने रकमबाट बेहोर्ने सहकारीकी अध्यक्ष अरुणा श्रेष्ठले जानकारी दिईन् ।

सहकारीले उनलाई विद्यालय पोशाक, कापी, कलम, व्याग लगायतका शैक्षिक सामग्री प्रदान गरेको थियो । यस किसिमको सामाजिक कार्य सहकारीमार्फत पहिलो पटक शुरुआत गरेको श्रेष्ठले बताइन् ।

वि.सं. २०७२ सालमा केआई नेपालको सहयोग र समुदायका महिलाहरुको सक्रियतामा चेली कृषि सहकारीको स्थापना भएको हो । सहकारीमा हाल ३ सय ७८ जना सेयर सदस्य आबद्ध छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: