दीपिकाले पाईन् आमाको नामबाट वंशज नागरिकता


प्रकाशित मिति :2018-04-19 15:07:28

– महिला खबर

नेपालगञ्ज । नेपालगञ्जकी दीपिका सोनीले आमाको नामबाट वंशजको नागरिकता पाएकी छिन् । उच्च अदालत तुल्सीपुरको आदेशले दीपिकाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी हुन् ।

नेपालगंज उपमहानगरपालिका वडा नं ८ बस्ने दीपिका सोनीले मिति २०७३ असार ७ गते नगरपालिकाको सिफारिस सहित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागी जिल्ला प्रशासन कार्यालय बाँकेमा गएकी थिईन ।

बुवाको मृत्यु भईसकेकाले आमाको नामबाट नागरिकता लिन गएकी दिपिकालाई प्रशासनले नागरिकता दिन इन्कार गर्यो । त्यसपछि उनले परमादेशको आदेशबाट आमाको नामबाट वंशजको नागरिकता दिलाई पाउँ भनि उच्च अदालत तुल्सीपुरमा रिट निवेदन दिईन् । अदालतमा उनले मिति २०७३ साल चैत्र २७ गते रिट दिएकी थिईन् ।

२०७४ साल जेठ २७ गते रिट निवेदन उपर सुनुवाई गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र बीरबहादुर डाँगीको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

परमादेशमा नेपालको संबिधान र नागरिक सम्बन्धि ऐनले निर्दिष्ट गरे बमोजिम निवेदकलाई आदेश भएको मितिले एक महिना भित्र नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराई सो को जानकारी यस अदालतलाई दिनु भनी जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारीका नाममा परमादेश दिएको थियो ।

सोही परमादेशपछि दीपिकाले आमाको नामबाट नागरिकता पाएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: