समान काम गर्ने जोडीको सम्बन्ध दीगो


प्रकाशित मिति :2018-04-19 16:33:42

– सब्रिना बर

ललितपुर । प्रेम एक मुस्किल व्यवसाय हो । यसको जवाफ खोजी गर्नको लागि वर्षौदेखि प्रयत्न जारी छ । तथापि, एक राम्रो, निरन्तर र सुमधुर सम्बन्ध कुनै पनि जोडीको सामूहिक आयमा पनि निर्भर गर्दछ ।

एक अध्ययन अनुसार अत्यधिक आय हुने जोडीहरु विवाह बन्धनमा बाँधिएपछि उनीहरुको सम्बन्ध पनि दीगो हुने गर्दछ । पोष्ट डक्टोरल फेलो, कोर्नल विश्वविद्यालयको जनसंख्या केन्द्रका पैट्रिक इशिजुकाले, पैसाले सम्बन्धलाई पार्ने असर डेमोग्राफी मार्फत प्रष्ट पारेका छन् ।

उनको अनुसन्धान ‘म्यारिज बार’ को सिद्धान्तले एक निश्चित स्तरको सम्पत्ति प्राप्त गरिसकेपछि मात्र पुरुष र महिला वैवाहिक बन्धनमा बाँधिने गरेको देखाएको छ ।

इशिजुका भन्छन्, ‘कुनै पनि जोडी एक निश्चित आय र धन आर्जित गरेपछि मात्र वैवाहिक बन्धनमा बाँधिन्छन् । तिनीहरुको एउटा घर, एउटा कार, स्थियी जागिर र पर्याप्त बचत भएपछि मात्र भव्य विवाह गर्ने योजना हुन्छ ।’

इशिजुकाका अनुसार कमजोर आर्थिक अवस्था भएका जोडीहरु छुट्टिने संभावना बढी हुन्छ । उनको पछिल्लो अनुसन्धानले कम कमाई हुने जोडीले वैवाहिक सम्बन्ध दरिलो बनाउनका लागि विशेष ध्यान पुर्याउनु पर्ने देखाएको छ । उनका अनुसार जसले उच्च आर्थिक स्तर हासिल गरेको छ, उसका लागि वैवाहिक जीवन सुरक्षित छ ।

सन् १९६० को दशकतिर कम पढेलेखेका व्यक्तिबीच छोडपत्र बढी भएको देखिन्छ । तथापी, जोडीहरुको कमाईले मात्र एक अर्काप्रतिको समर्पणलाई निर्धारण गर्ने भने होइन । इशिजुका भन्छन्, ‘यस्ता केही जोडीहरुको सम्बन्ध लामो समयसम्म टिक्नसक्ने र सँगै बस्नसक्ने पनि हुनसक्छ ।’

अर्को प्रसंगमा उनी भन्छन्, ‘समानताले सम्बन्धमा स्थिरता ल्याउँछ । महिला र पुरुषको बराबर आर्थिक योगदानले सम्बन्धलाई निरन्तरता दिन्छ ।’ विवाह पूर्व सँगै बसेर एक अर्कालाई बुझेपछि वैवाहिक सम्बन्ध गाँसेकाहरुको सम्बन्ध परिपक्व हुन्छ ।

परम्परागत तरिकाले हेरिने महिला र पुरुषको भूमिकालाई विवाह गर्नु अघि एक अर्कालाई बुझेर मात्र वैवाहिक सम्बन्ध गाँस्नुले केही परिवर्तन ल्याउन सक्छ । इशिजुका भन्छन्, कुनै पनि जोडीको संयुक्त स्रोतले नै वैवाहिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दछन् ।

स्रोत : इन्डिपेन्डेन्ट न्यूज

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: