हिंसा समाधानको पहिलो रोजाई प्रहरी


प्रकाशित मिति :2018-04-20 12:27:57

– महिला खबर

ललितपुर । घरेलु हिंसामा परेका अधिकांश महिला न्याय माग्न प्रहरी कार्यालयमा जान रुचाउने गरेका छन् । घरेलु हिंसा तथा कसुर सजाय ऐनले उजुरी गर्ने स्थान स्थानीय तह, महिला बालबालिका कार्यालय, महिला आयोग लगायतलाई अधिकार दिएको छ । तर, हिंसा प्रभावित महिला न्यायको लागि प्रहरीमा बढि जाने गरेका अध्ययनले देखाएको हो ।

द एसिया फाउन्डेशनले गरेको सर्वेक्षणका क्रममा यस्तो तथ्य पाइएको हो । सर्वेक्षणका क्रममा ३३ दशमलव ३ प्रतिशतले घरेलु हिंसाको विवाद समाधानको माध्यम नेपाल प्रहरीलाई रुचाएका थिए ।

यस्तै सर्वेक्षणका क्रममा १७ दशमलव ४ प्रतिशतले परम्परागत न्यायिक प्रणाली लाई रुचाइएको पाइएको छ । कानूनले तोकेको न्यायिक तह बाहेक गाउँकै पञ्च भलाद्मी, धार्मिक समूह लगायतमा गएर विवाद समाधान गर्ने गरेका हुन् ।

यस्तै घरेलु हिंसाको समाधानमा साथीभाई र आफन्त ११ प्रतिशत, वडा अध्यक्ष वा निवर्तमान गाविस सचिव ४ दशमलव १ प्रतिशत, स्थानीय सरकारका प्रमुखमा ३ दशमलव ३ प्रतिशत र सामुदायिक मेलमिलापकर्ता÷सामाजिक कार्यकतामा ४ दशमलव ७ प्रतिशत विवाद समाधानको माध्यम रुचाइएको पाइएको छ ।

त्यस्तै अपराधको विवाद समाधानमा पनि नेपाल प्रहरीलाई नै रुचाइएको पाइएको छ । सर्वेक्षणका क्रममा अपराधको विवाद समाधानमा सवैभन्दा भन्दा बढी नेपाल प्रहरीलाई ६८ प्रतिशतले रुचाएका हुन् ।

परस्परागत न्यायिक प्रणाली (पञ्च भलाद्मी, धार्मिक समूह) मा ११ दशमलव ४ प्रतिशत अपराधको विवाद मिलाउने पाइएको छ । साथीभाई र आफन्तले ३ दशमलव ९ प्रतिशत, वडा अध्यक्ष वा निवर्तमान गाविस सचिवले ३ दशमवल २ प्रतिशत, स्थानीय सरकारका प्रमुखले २ दशमलव ३ प्रतिशत र सामुदायिक मेलमिलापकर्ता/सामाजिक कार्यकर्ताले २ दशमलव ६ प्रतिशतले विवाद समाधानको माध्यम रुचाएका अध्ययनले देखाएको छ ।

फाउन्डेशनले नमूना छनोटबाट देशका ५ सय ९९ वडाका ७ हजार २ सय २ उत्तरदातालाई सर्वेक्षणमा समावेश गरिएको थियो । १८ वर्ष वा सोभन्दा बढी उमेरका उत्तरदातामा ५१ दशमलव ८ प्रतिशत महिलालाई सहभागी गराइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: