– महिला खबर
ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर सानेपाका ३३ वर्षीय विनायक विक्रम थापा रहेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत बालाजुले बुधबार थापागाउँस्थित उनकै कार्यालयबाट पक्राउ गरेको हो । थापाले गोरखा घर भई हाल मनमैजु बस्दै आएकी २१ वर्षीया युवतीलाई गएको शनिबार बलात्कार गरेको प्रहरीले जनाएको छ । युवतीले आफू बलात्कृत भएको भन्दै बालाजु वृतमा किटानी जाहेर गरेपछि प्रहरीले थापालाई पक्राउ गरेको थियो ।
यस्तो थियो घटना
भएको शनिबार नयाँ वर्षको दिन युवती साथीहरुसँग ठमेल पाटीमा पुगेकी थिइन् । राति १ बजे ठमेलबाट ट्याक्सीमा कोठा पुगेकी युवतीले एक्कासी थापालाई आफ्नो कोठामा देखिन् र झस्किईन ।
भाईसँगै बस्ने भएपनि राति ढिलो हुन्छ भन्दै कोठामा ताल्चा नलाउन आग्रह गरेकी थिइन् । उनका भाई अर्को कोठामा सुतेका थिए ।
राति आएका थापाले युवतीलाई मार्ने धम्की दिँदै बलात्कार गरी रातभर यातना दिएको युवतीले बताएकी छिन् ।
युवतीको शरीर भरी कैंचीले प्रहार गरी चोटपटक लागेको छ । युवतीले आफ्नो समस्या फेसबुक ग्रुपमा हालेसँगै घटना बाहिर आएको थियो ।
यसअघि थापा युवतीको आमा बिरामी सहयोग गरेर नजिकिएका थिए । युवतीको काठमाडौंस्थित प्रसुति गृहमा जाँच गरिएको छ ।
Comment Here!