बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की


प्रकाशित मिति :2018-04-20 16:14:38

ललितपुर । भारतमा बलात्कारको बिरोधमा तयार परिएको कार्टुन प्रकाशित भएपछि पत्रकारले धम्की खेप्नु परेको छ । धेरैले फोन मार्फत अपहरण गर्ने धम्की दिए । कतिले अनलाईन मार्फत र कतिले फोन मार्फत धम्की दिएका छन् ।

उक्त कार्टुनले हिन्दु धर्मको अपमान गरेको ठहर गर्दै धम्की दिएको उल्लेख छ । सो कार्टुन पत्रकार स्वाती बदलामुडिले बनाएकी थिईन् । 

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा बलात्कारका अभियुक्तलाई रिहा गर्न गरिएको सहयोगलाई व्यङ्ग्य गरिएको छ ।

कार्टुनमा सीताले रामलाई भन्छिन्, उनलाई रामका भक्तहरुले नभई रावणले अपहरण गरेकोमा खुसी छन् । धम्कीले झन् मजबुत बनाएको महसुस भईरहेको स्वातीले बताएकी छिन् ।

उक्त कार्टुन सामाजिक सञ्जालमा निकै धेरै सेयर गरिएको छ । तर, हिन्दु महाकाव्य रामायणका पात्रहरुलाई प्रयोग गरिएकोले यसलाई बिवादमा ल्याईएको छ । उनी बीबीसीलाई भन्छिन्, यस्ता ब्यङ्ग्यात्मक कार्टुन बनाउने उनको सौख नै हो ।

खासमा यो कार्टुन बनाउनुको उद्देश्य गतहप्ता चर्चामा रहेका दुई कुख्यात बलात्कारका घटनाहरुको बिरोध गर्नु नै थियो ।

घटना १

काथुवा जिल्लाकी एक ८ वर्षीया मुस्लिम बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको थियो । उक्त घटनामा केही हिन्दु धर्म प्रति आस्था राख्नेहरुको संलग्नता रहेको जनाइएको छ ।

उनीहरुको रिहाइका लागि भारतीय जनता दलमा अबद्ध दुई जना मन्त्रीहरु अभियुक्तहरुलाई छुटाउनका लागि गरिएको बिरोध र्यालीमा सहभागी थिए ।

घटना २

१६ वर्षीया किशोरीले भारतीय जनता पार्टीका एक जना कानून निर्माताले उनलाई बलात्कार गरेको आरोप लगाईन । उनको घर अगाडि अत्महत्या प्रयास गरिन् ।

स्वातीले बीबीसीसँग भनिन्, यि दुबै घटनामा भारतका सत्तरुढ दल बिजेपिका नेताहरुको संलग्ना रहेको छ । उनले थपिन, जसले अभियोगको बिरोध गरिरहेका छन् ति सबै राम भक्त नै हुन् ।

कार्टुनमा भनिए जस्तै यदि सीता रामका भक्तहरुबाटै आहरणमा परेको भए सीतालाई के हुन्थ्यो होला ? सायद उलको बलात्कार हुनसक्थ्यो भन्ने आसय व्यक्त गरिएको छ ।

‘म राती सुत्न सकिरहेकी छैन । राति सामाजिक सञ्जालमा थुप्रै धम्की आईरहेका छन् । मेरा परिवारका हरेक सदस्यलाई मेरो सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ, उनी भन्छिन् ।

हिन्दु धर्मको मर्ममाथि आघात हुने काम गरेको भन्दै उनका विरुद्धमा भारतीय प्रहरीमा उजुरि दर्ता भइसकेको छ । महिला समूहहरु तथा भारतीय पत्रकार संघले उनी बिरुद्धको गरिएको उक्त मुद्दाको बिरोध गरेका छन् । साथै यसलाई पे्रसमथिको आक्रमण भएको समेत ठहर गरेका छन् ।

भारतमा विगत केहीवर्ष यता पत्रकारहरु हिन्दु धर्म माथि आलोचनात्मक भएको आरोप लाग्ने गरेको छ । त्यसैले धेरै महिलाहरुलाई बलात्कार तथा यौन हिंसा गर्ने धम्की दिने गरेको पाईन्छ ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: