भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश पारित गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डलको एउटा विशेष बैठकबाट त्यस्तो कार्यकारी आदेश अनुमोदन गरिएको हो । भारतमा शृंखलाबद्ध रूपमा भइरहेका बालिका बलात्कारका घटनाहरूप्रति व्यापक विरोध भइरहेका बेला सरकारले यस्तो निर्णय लिएको हो । तीमध्ये केही घटनामा सत्ताधारी भारतीय जनता पार्टी(बीजेपीका सदस्यहरू पनि संलग्न रहेको बताइएको छ ।
साभारः बीबीसी
Comment Here!