दाईजो नलिई गरिएको विवाहमा नायिकादेखि अभियन्तासम्म


प्रकाशित मिति :2018-04-22 15:01:40

–महिला खबर–
ललितपुर । समाजमा दाईजोकै निहुँमा महिलाहरू कुटपिट र जिउँदै जलाइएको बेला सप्तरीका एक जोडीले बिना दाईजो विवाह गरेका छन् । जिल्लाको राजविराज नगरपालिका–६ का काजल साह र महोत्तरीको भंगहा नगरपालिका–३ का इन्जिनियर श्रवण कुमार साहले विना दाईजो विवाह गरे ।

श्रवण केही वर्षदेखि अमेरिकामा कार्यरत छन् भने एम.एड.सम्मको पढाई पूरा गरेकी काजलले पहिलादेखि नै बिना दाइजो विवाह गर्ने संकल्प लिएकी थिईन् । सामाजिक सञ्जाल मार्फत उनीहरूबीच चिनजान भएको थियो । दुवैतर्फका परिवार बिना दाईजो विवाहका लागि सहमत भएका थिए ।

राजविराजस्थित दास धर्मशालामा आयोजित समारोहमा मिथिलाको वैवाहिक परम्परा अनुसार दुई जनाबीच विवाह भयो । गाउँमा दाईजोका कारण तय भएको विवाह समेत नहुने, दाईजो नदिएका कारण बुहारीलाई अमानविय व्यवहार गरिने जस्ता घटनाहरू भईरहँदा बिना दाईजोको विवाह भईरहेको भन्ने थाहा पाएपछि बधाईसहित सम्मान गर्न गाउँका प्रतिष्ठित व्यक्तित्वहरू समेत उपस्थित भएका थिए ।

विवाहमा दहेजमुक्त मिथिला अभियानको तर्फबाट अभियन्ता करुणा झाले नव विवाहित जोडीलाई दोसल्ला, पाग (मैथिल समाजको एक विशेष प्रकारको पगरी)सहित सम्मानपत्र प्रदान गरिन् । दुलहा–दुलहीलाई बधाई एवम् शुभकामना दिँदै उनले समाजिक रुपान्तरणका लागि चालेको कदमले सिंगो मानव सम्भयतालाई गौरवान्वित तुल्याएको बताईन् ।

यस्तै बाल विवाह एवम् दाईजो उन्मुलन राष्ट्रिय अभियानको तर्फबाट नायिका स्वेता खड्का, डा. सी.के. सिंह र भोर संस्थाका अध्यक्ष राजकुमार महतोले संयुक्त हस्ताक्षर रहेको सम्मान–पत्र अभियानका सदस्य औरन्जेब अहमदले नव दम्पतीलाई हस्तान्तरण गरे ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले समेत नमूना जोडीलाई बधाई एवम् शुभकामना दिए ।

दाईजो प्रथा विरुद्धको फिल्म ‘राज्जा रानी’की गायिका अन्जु यादवले समेत समारोहमै खुलेर नव दम्पतीको प्रसंशा गर्दै दाइजो कुप्रथालाई समाप्त पार्न शिक्षित युवायुवतीहरूले हिम्मतका साथ अगाडि आउनुपर्नेमा जोड दिईन् ।

शिक्षित युवाहरू समेत दाइजोरुपी लेनदेनको नाममा खरिद–विक्री भईरहेको भन्दै यसतर्फ सिंगो समाज गम्भीर हुनुपर्ने दुलहा ई. श्रवणले प्रतिक्रिया दिएका थिए ।

यस्तै दुलही काजलले छोरा–छोरीबीचको विभेद हटाएर अभिभावकहरूले छोरा सरह छोरी पढाएर सक्षम बनाउनुपर्ने भन्दै शिक्षित युवाहरूले दाईजोलाई बहिष्कार गर्नुपर्ने बताएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: