कुरीतिः तीन महिनामा १३ को हत्या


कर्णाली प्रदेश कुरीतिको अध्यधिक मारमा

प्रकाशित मिति :2018-04-22 15:31:34

–महिला खबर–

ललितपुर । कुरीतिका कारण तीन महिनामा १३ जनाको हत्या भएको छ । कुरीतिकै कारण १० जना (१ पुरुष, ९ महिला) माथि कुटपिट भएको छ ।

यस्तै कर्णाली प्रदेश सबैभन्दा धेरै कुरीतिको मारमा परेको छ । मानववादी समाज (सोच) नेपालले २०७४ पुस १७ गतेदेखि २०७४ चैत्र १७ सम्म (जनवरी देखि मार्चसम्म) गरेको त्रैमासिक अध्ययन अनुसार कर्णाली प्रदेशमा कुरीतिजन्य हिंसा धेरै रहेको उल्लेख छ ।

सोच नेपालले देशभर भएका र राष्ट्रिय दैनिक पत्रिकाहरूमा छापिएका कुरीतिजन्य घटनाको अध्ययन तथा अभिलेख तयार गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सोच नेपालका संस्थापक उत्तम निरौलाले तीन महिनाको अवधिमा कुरीतिजन्य हिंसाका ७८ घटना भएको महिला खबरलाई बताए ।

यो अवधिमा बालविवाहका १९, छाउपडीका १९, जातीय छुवाछुतका १६, बोक्सी प्रथाका ७, बहुविवाहका ३, हलिया प्रथाका १, कुमारी प्रथाका १, कम्लरी प्रथाका १ नवदुर्गा नाच प्रथाका १, दाइजोका २, विधवा प्रथाका २, धामीझाँक्रीका ६ गरी कुल ७८ घटनाहरू सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

यस बिचमा कुरीतिका बारेमा ८७ लेखहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् ।

त्यस्तै २४ जना (४ पुरुष, २० महिला) मानसिक हिंसाको शिकार बनेका छन् । ४१ जना (सबै महिला) मानसिक र शारीरिकरुपले पीडित भएको पाईएको छ ।
कुरीतिका कारण ७ समुदाय र २ वटा विद्यालय पनि प्रभावित भएको प्रतिवेदनमा उल्लेख ।

हरेक नागरिकलाई धर्म, संस्कृति, परम्परा र रीति रिवाज मान्ने अधिकार छ । तर नेपालमा अहिले पनि धर्म, संस्कृति, परम्परा र रीति रिवाजको नाममा मान्छेमाथि विभिन्न किसिमका हिंसाहरू भइरहेको पाइन्छ ।

धर्म, संस्कृतिका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरूलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृर्जना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: