गोदामचौर बलात्कार घटनाः अभियुक्त खोज्न प्रहरी असफल


प्रकाशित मिति :2018-04-22 16:43:18

–महिला खबर–

ललितपुर । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारका आरोपीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

बलत्कारका तीन आरोपीलाई उच्च अदालत पाटनले थुनामा राख्ने आदेश दिएको साढे दुइ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

माघ २५ गते उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणको आधारमा आरोपीलाई थुनामा राख्ने’ आदेश दिएपछि साधारण तारिखमा रहेका ती आरोपी फरार भएका थिए ।

फरार हुनेमा घटनाका आरोपी रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर रहेका छन् ।

आरोपितको लोकेसन ट्रेस गर्दा काठमाडौं उपत्यका भन्दा बाहिर भएको हुन सक्ने देखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवालले महिला खबरलाई बताए ।

उनीहरू काठमाडौं उपत्यकाबाट बाहिर बसेको हुन सक्ने भएकाले अहिलेसम्म केही सुराक भेटाउन नसकेको पनि प्रहरी नायव उपरीक्षक सिलवालले बताए ।

सिलवाल भन्छन्, ‘आरोपीहरूले आफन्तसँग सम्र्पक गरेको पनि देखिदैन । त्यसैले उनीहरूको लोकेसन पत्ता लगाउन समस्या भएको छ ।’

यद्यपि आरोपीहरूको खोजी कार्य भइरहेको सिलवालले महिला खबरलाई जानकारी दिए ।

गएको माघ २५ गते अदालतको आदेशपछि आरोपितहरू फागुन ६ गतेको साधारण तारिखमा अदालतमा पनि उपस्थित नभएको सरकारी वकिलको कार्यालयका जिल्ला सह–न्यायाधिवक्ता रमेश भट्टराईले बताए ।

जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपितलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनले आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने फैसला गरेको थियो ।

गएको पुस २६ गते आरोपितहरूलाई जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश वदर गरि पाँऊ भनि उच्च अदालत पाटनमा निवेदन दर्ता भएको थियो ।

पीडित युवतीका श्रीमानले प्रहरीले अहिलेसम्म अभियुक्त पक्राउ गर्न नसकेकोमा आक्रोश पोखेका छन् ।

उनले प्रहरीले अभियुक्त पक्राउ गर्न चासो नदिएकाले अहिले सम्म पक्राउ पर्न नसकेको आरोप लगाए ।

२१ वर्षीया उनलाई भोलीपल्ट मात्रै आफन्तले गोदावरी खोला नजिकै तोरीबारीमा फेला पारेका थिए । युवती अर्धनग्न अवस्थामा भेटिएकी थिइन् भने उनको टाउको, हात, खुट्टामा र तिघ्रामा गहिरो चोट लागेको थियो । उनको आइसीयूमा राखेर उपचार गरेको एक हप्तापछि मात्रै होस खुलेको थियो ।

अदालतको आदेश भएकै दिनमा प्रहरीले खोजी गरेको भए उनीहरू पक्राउ पर्न सक्ने उनले बताए । तर अदालतको आदेशको सात दिनपछि मात्रै प्रहरी खोज्न जानु अभियुक्तलाई फरार हुने मौका दिनु हो भन्छन्, उनी ।

‘अब त न्याय पाउने आस पनि छैन’ उनले भने, ‘प्रहरीको लापरवाहीले अभियुक्तहरू गाउँ छोडेर भागे । हामी पीडित नै विस्थापित छौं । न्याय पाउँछौ भनेर कसरी आस गर्नु ?’

गत मंसिर २ गते ललितपुरकै औधोगिक क्षेत्रबाट साँझ ७ बजे घर फर्कने क्रममा महिला निर्धात कुटपिटपछि सामूहिक बलात्कृत भएकी थिइन् ।

२१ वर्षीया उनलाई भोलीपल्ट मात्रै आफन्तले गोदावरी खोला नजिकै तोरीबारीमा फेला पारेका थिए । युवती अर्धनग्न अवस्थामा भेटिएकी थिइन् भने उनको टाउको, हात, खुट्टामा र तिघ्रामा गहिरो चोट लागेको थियो । उनको आइसीयूमा राखेर उपचार गरेको एक हप्तापछि मात्रै होस खुलेको थियो ।

घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिए । जाहेरीका आधारमा ललितपुर गोदावरी नगरपालिका वडा नं १ गोदामचौरकै ३२ वर्षीय रघु रिलवाल, २० वर्षीय पवन कुँवर र २० वर्षकै विशालध्वज कार्कीलाई ललितपुर प्रहरीले पक्राउ ग¥यो ।

पक्राउपछि तीनै जना विरुद्ध प्रहरीले जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्दा हालेको थियो ।

तर जिल्ला अदालतले गत पुस २६ गते प्रतिवादीमाथि लगाइएको आरोप जाहेरीमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा छोडेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: