सर्वोच्चबाट उन्मुक्ति पाएका वडा अध्यक्ष फेरि जेल चलान


प्रकाशित मिति :2018-04-22 17:35:16

-महिला खबर- 

ललितपुर । मानव बेचविखन तथा ओसारपसारमा संलग्न नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का निलम्बित वडा अध्यक्ष सुनबहादुर तामाङलाई आइतबार कारागार चलान गरिएको छ ।

मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न ५० वर्षीय तामाङलाई नुवाकोट जिल्ला अदालतले २०७४ साल वैशाख ७ गते ३७ बर्ष ६ महिना कैद र दुई लाख पचास हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

सोही सजाय वेरुजु रही फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलिले गत शुक्रबार सुन्धाराबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि जगन्नाथदेवल कारागार चलान गर्न आदेश दिएको हो । तामाङले नुवाकोट (साबिक घ्याङफेदी गा.बि.स. वडा नं ५) की महिलालाई ललाई फकाई, राम्रो काममा लगाई दिन्छु भन्दै भारत पु¥याएर बिक्री गरेका थिए । यसअघि तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: