उपत्यकामा बलात्कार बढ्दो


प्रकाशित मिति :2018-04-23 12:28:15

-कल्पना भट्टराई-

ललितपुर । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा बलात्कार घटना बढेका छन् । उपत्यकामा तीन वर्षको अवधिमा मात्रै ८ सय १० बलात्कारका मुद्दा दर्ता भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, लतितपुर र काठमाडौं जिल्ला अदालतको विगत तीन बर्षको तथ्यांकमा ५ सय ७८ बलात्कारको मुद्दा दर्ताको भएको छ । दर्ता भएका मुद्दा मध्ये ४ सय ७ मुद्दा फैसला भएका छन् ।

उपत्यकाका तीन जिल्ला अदालतमा आर्थिक बर्ष २०७२/०७३ मा २ सय १९ बलात्कारको मुद्दा दर्ता भएको छ । १ सय ४४ मुद्दा फैसला भएका छन् । आर्थिक बर्ष ०७३/०७४ मा २ सय १२ मुद्दा दर्ता भएका छन् । ती मध्ये १ सय ४९ मुद्दाको फैसला भएको छ ।

त्यस्तै चालु आर्थिक बर्ष ०७४/०७५ मा १ सय ४७ बलात्कारका मुद्दा दर्ता भएका छन् भने १ सय १४ मुद्दा फैसला भएका छन् । अदालतमा दर्ता भएका तथ्यांकलाई हेर्दा आर्थिक बर्ष २०७३/७४ मा सबै भन्दा बढी बलात्कारका घटना दर्ता भएको छ । फैसाला पनि सोही आर्थिक बर्षमा धेरै भएको छ ।
जिल्ला अदालत काठमाडौमा मात्रै आर्थिक बर्ष ०७२/०७३ मा १ सय ७१ बलात्कारका घटना दर्ता भएका छन् । १ सय ९ मुद्दा फैसाला भएको छ ।
सोही आर्थिक बर्षमा ललितपुर जिल्ला अदालतमा ३५ वटा मात्रै बलात्कारको मुद्दा दर्ता भएको छ । दर्ता भएका मुद्दा मध्ये ३५ मुद्दाको फैसला भएको छ ।

भक्तपुर जिल्ला अदालतमा भने १३ वटा मात्रै बलात्कारको मुद्दा दर्ता भएको छ । २१ मुद्दाको फैसला भएको छ । अघिल्लो बर्षको लगात पनि जोडेका कारण दर्ता भएको मुद्दा भन्दा फैसला भएको मुद्दा बढी देखिएको हो ।

त्यस्तै आर्थिक बर्ष ०७३/०७४ मा काठमाडौ जिल्ला अदालतमा दर्ता भएको बलात्कारको घटना १ सय ७७ पुगेको छ ।यो संख्या आर्थिक बर्ष ०७२/०७३ को तुलनामा ६ वटा मुद्दा बढी परेका छन् । दर्ता भएका मुद्दा मध्ये १ सय ११ मुद्दा फैसला भएका छन् ।
ललितपुर जिल्ला अदालतमा २६ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । २९ बलात्कारका मुद्दा दर्ता भएका छन् । अघिल्लो बर्षको लागत पनि जोड्दा मुद्दा भन्दा फैसला बढी देखिएको छ ।

भक्तपुर जिल्ला अदालतमा दर्ता भएको बलात्कारको मुद्दा ९ वटा परेको छ भने फैसला पनि ९ नै रहेको छ । अदालतको तथ्यांक अनुसार चालु आर्थिक बर्ष ०७४/०७५ को चैत्र सम्म काठमाडौं जिल्ला अदालतमा १ सय ७ बलात्कारका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये ९० मुद्दाको फैसला भएको छ ।

त्यस्तै ललितपुर जिल्ला अदालतमा २७ बलात्कारका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये १८ मुद्दाको फैसला भएको छ । त्यस्तै भक्तपुर जिल्ला अदालतमा १३ बलात्कारको मुद्दा दर्ता भएका छन् । ती मध्ये ६ मुद्दाको फैसाला भइसकेको अदालतका श्रैष्तेदार कृत बहादुर बोहोराले बताए ।

तथ्यांकलाई हेर्दा उपत्यकाका तीन जिल्ला मध्ये ललितपुर र भक्तपुरमा भन्दा काठमाडौं जिल्ला अदालतमा बलात्कारका मुद्दा बढी परेका छन् । दर्ता भएका घटना मध्ये सबै भन्दा बढी आफन्त र चिनेजानेको व्यक्तिबाट बलात्कृत भएका घटना भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले बताए ।

बलात्कारका घटनाले महिला तथा बालिकाहरु कसैसँग पनि सुरक्षित छैनन् । आफ्नै बाबु होस या दाजु भाइ, उनीहरु समेतबाट पनि सुरक्षित हुन नसकेको अबस्था छ ।

भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार कृत बहादुर बोहोराले पछिल्ला समय देखिएका बलात्कारका घटनामा पीडितलाई ललाइफकाइ, डर, त्रास देखाएर, धम्की दिएर, विवाह गर्छु भनेर वा अन्य विभिन्न किसिमका प्रलोभन देखाएर जबरजस्ती करणी हुने गरेको देखिएको बताए ।
जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले बलात्कारका घटना बढिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: