अनाथका अभिभावक बने सांसद


प्रकाशित मिति :2018-04-23 15:13:12

–ज्ञानु पंगेनी–

नवलपरासी । आमावावु नभएका दुइ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै नवलपुरका प्रदेश सासंद रोशन वहादुर गाहाले आज विद्यालय भर्ना गरेका छन् ।

कावासोती ३ अठ्ठाईस विगाहाका ८ वर्षका विशाल न्यौपाने र ६ वर्षकी अंशु न्यौपानेलाई सासंद गाहाले कावासोती ३ मा रहेको जनविकास विद्याआश्रम आधारभुत निमाविमा अभिभावकत्व ग्रहण गर्दै भर्ना गरेका हुन् ।

४ वर्ष अघि वुवाको मृत्यु भएको र आमा वैदेशिक रोजगारीमा गएर वेपत्ता जस्तै बनेपछि अनाथ बनेका यी दुई बालबालिका दाजु बहिनी हुन् । विशाललाई कक्षा ६ मा र अंशुलाई कक्षा ४ मा भर्ना गरिएको छ ।

सांसद गाहाले दुवै जना दाजु बहिनीलाई वर्षभरि लाग्ने विद्यालयको नियमअनुसार शुल्क, कलम कापी लगायतका सामग्री, डे«ससँगै अन्य खर्चहरु समेत आफूले व्यहोर्ने बताएका छन् । साथै बालबालिकाको उज्जवल भविश्यको लागि हरबखत आफूले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

आफू सासंद पदमा नरहदा पनि यी दुई बालबालिकाको पढाईका लागि लाग्ने खर्च आफ्नो बलबुताले भ्याएसम्म गर्ने समेत गाहाले प्रतिबद्धता जनाए ।

अंशु र विशालको स्थाई घर देवचुली नगरपालिकाको दलदले हो । उनीहरुको रेखदेख गर्ने कोहि नभएपछि ४ वर्ष अघि कावासोती ३ अठ्ठाईसविगाहा आफन्त विशाल थापाले उनीहरुलाई आफ्नै घरमा राखेर पालनपोषण र शिक्षा दिदै आएका थिए । थापा अनेरास्ववियु नवलपुरका सदस्य समेत हुन् ।

अनेरास्वियुका प्रत्येक सदस्यले एक जना गरीब अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने निती अनुसार थापाले पनि ती बालबालिकाको अभिभावकत्व गर्दै आएको बताए ।

विद्यालमा सोमवार अनेरास्ववियु नवलपुर कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरेर बालबालिकाको भर्ना गरको हो । सबैको पहु“चमा शिक्षा पु¥याउन जनप्रतिनिधीहरुलाई उत्तरदायी बनाउने उद्देश्यले यसरी अभियानको थालनी गरिएको अनेरास्ववियु नवलपुरका अध्यक्ष ठाकुर पराजुलीले बताए ।

विद्यालयका प्राध्यानाध्यापक प्रेम न्यौपानेले अनाथ बालबालिकालाई जनप्रतिनिधीले अभिभावकत्व ग्रहण गरेर शिक्षाको ज्योती प्रदान गर्नु एक उदाहरणीय काम भएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: