दाईजो माग्दा ७ वर्ष जेल


प्रकाशित मिति :2018-04-23 16:23:38

ललितपुर । भारतको राजधानी नयाँ दिल्लीमा एक महिलाले पारिवारिक अत्याचार सहन नसकेर आत्महत्या गरिन् । २२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन नसकेर आत्महत्या गरेकी थिईन् ।

सामान्यतया आत्महत्याको घटनामा अदालतमा मुद्दा चल्दैन । तर, २२ वर्षीया युवतीको अत्महत्याको कारक अदालतले परिवारलाई ठान्यो ।

‘दाईजो एक सामाजिक अपराध नै हो’ भन्ने ठहर गर्दै मृतकका श्रीमान् र परिवारका दुई सदस्यलाई ७ वर्षको जेल सजाय र प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

‘भारतमा दाईजो सामाजिक अपराधका रुपमा स्थापित भइसकेको जटिल समस्या हो । यस्ता सामाजिक अपराधलाई कडाईकासाथ सम्बोधन गर्नुपर्ने हुन्छ’, न्यायाधीश मुकेश कुमार भन्छन् ।

भारतीले २८ नोभेम्बर २००४ मा विकास शर्मासँग विवाह गरेकी थिईन् । तर पहिलो रातमै उनका श्रीमान्ले बाध्यताका कारणले मात्रै उनीसँग विवाह गरेको खुलासा गरे । साथै उनले विवाहका लागि अरु नै केटी हेरेको समेत बताए ।

भारतीले यी सबै कुरा माईतीमा गएर बुवा वेद प्रकाशलाई भनिन् । वेद प्रकाश घटनाका साक्षी मध्येका एक जना थिए ।

उनका अनुसार भारतीका श्रीमान्, सासू, जेठाजु र जेठानी भारतीले ल्याएको दाईजो प्रति सन्तुष्ट थिएनन् । उनी थप भन्छन्, ‘हैरानी दिने क्रम विवाह भएदेखि नै शुरु भएको हो र जुलाई १३, २००५ सम्म चलिरह्यो ।’

घटना छानबिनका क्रममा पत्ता लागेको तथ्य अनुसार, फेब्रुअरी २००५ मा विकासले भारतीलाई माईतीमा छोडेका थिए । उनले दाईजो स्वरुप एक कार र ४ देखि ५ लाख रुपैयाँ नगद समेत मागेका थिए ।

१४ जुलाई २००५ मा भारतीका दाईले उनलाई पङ्खामा झुण्डिएको अवस्थामा देखे । ‘उनी घटनाको अघिल्लो रात तनावमा थिईन् । श्रीमान्ले दाईजोको बारेमा गरिरहने मागले उनलाई हैरानी दिईरहेको थियो । उनी रुँदै सुत्न गईन’्, उनका दाजुले बताए ।

छानबिन परिषदका अनुसार भारतीले आफ्नो माईतीमा अत्महत्या गरिन् । त्यतिबेला उनका श्रीमान् पनि करिब एक महिना ससुरालीमै बसेका थिए ।

उक्त घटनाका अभियुक्त उपर त्यस्तो कुनै खास अभियोग पनि थिएन । खासगरि दाईजो मागेको र हैरानी दिएको कुनै तिथि–मिति पनि उल्लेख गरिएको थिएन । तर पनि भारतीको मृत्यू विवाह भएको एक वर्ष भित्रै भएकोले उक्त घटनाका पछाडि दाईजोको माग र पारिवारिक हैरानी कै मुख्य भूमिका रहेको ठहर गर्दै उल्लिखित सजाय फैसलाले दाइजोमा नयाँ नजिर बसालेको छ ।

द टाइम्स अफ ईण्डियाबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: