एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता


प्रकाशित मिति :2018-04-23 17:42:50

–महिला खबर–

ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँलाई जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको हो ।

खनियाले गोरखा घर भई जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिका ४, त्रिचोकमा डेरा गरि बस्ने कल्पना श्रेष्ठलाई आइतबार बेलुका एसिड छ्यापेका थिए । एसिड प्रहार गर्ने खनिया विरुद्ध घाईतेकै श्रीमान किसान श्रेष्ठले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जहेरीका आधारमा जिल्ला अदालतबाट म्याद लिई विस्तृत अनुसन्धान भैरहेको प्रवक्ता डिएसपी प्रभू ढकालले बताए । उनका अनुसार भित्री सडकमा हिँडिरहेको बेला खनियाँले श्रेष्ठमाथि एसिड छ्यापेका हुन् । एडिस लागेर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनको अनुहार, शरीरको अगाडिको भाग र खुट्टामा एसिडले जलेको उनले बताए । डिएसपी ढकालका अनुसार घाइते कल्पनाको अवस्था सामान्य छ । एसिड छ्याप्ने खनियालाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक बयानका क्रममा खनियाले आन्तरिक बिबादका कारण एसिड छ्यापेको बताएका छन् । एसिड प्रहार गर्ने खनिया बिपद् व्यवस्थापन कार्यदल प्रथम चिकित्सा समुह हेटाै‌डा दरबन्दी भई हाल अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडि चितवनमा कार्यरत थिए ।

यो पनि हेर्नुहोस्

प्रहरीले नै छ्यापे महिलालाई एसिड

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: