गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या


प्रकाशित मिति :2018-04-23 17:47:55

–महिला खबर–

ललितपुर । धनुषामा ६ महिनाकी गर्भवतीको हत्या भएको छ । गर्भ परीक्षण गर्दा छोरी भएको थाहा भएपछि २० वर्षकी अञ्जली दासको श्रीमानले हत्या गरेको दासको माइतीले आरोप लगाएका छन् ।

धनुषाको सबैला नगरपालिका १ का २२ वर्षीय ज्वाईं दीपेन्द्र दासले छोरीको हत्या गरेको अञ्जलीकी आमा ज्ञानीदेवी दासले आरोप लगाईन् ।

उनका अनुसार पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी भएको थाहा भएपछि श्रीमानले अञ्जलीलाई मरणासन्न हुने गरी कुटेका थिए ।

श्रीमान्को यातना सहन नसकी अञ्जली एक महिनायता माइतीमा बस्दै आएकी थिईन् । धनुषाकै गणेशमान चारनाथ नगरपालिका १० डुमरीया उनको माइती हो ।

वैशाख ६ गते विहीबार माइती पुगेका ज्वाईं दीपेन्द्रले घर लैजान जोड गरेपछि ७ गते बिहान ११ बजे घर पठाएको आमा ज्ञानीदेवीले बताईन् ।

सोही दिन दिउँसो ३ बजे झुण्डिएको अवस्थामा प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी चक्रबहादुर सिंहले बताए ।

एसपी सिंहका अनुसार मृतक अञ्जलीको शरीरमा कुटपिटबाट भएको निलडाम थियो । ‘गर्भवती भन्ने थाहा छ’ एसपी सिंहले भने, ‘हत्या वा आत्महत्या भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’ अञ्जलीको हत्या भएपछि श्रीमान् दीपेन्द्र भने फरार छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: