एसिड छ्याप्ने प्रहरीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन


प्रकाशित मिति :2018-04-24 11:59:56

–महिला खबर-

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । घाइते महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्न सोमबार भरतपुर अस्पताल पुगेका गृहमन्त्री थापाले दुःखद घटना घटेको भन्दै घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए ।

राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचारण सुधारका लागि सरकारले ठोस कदम चाल्ने मन्त्री थापाले बताए । गृहमन्त्रीसँग पीडित महिलाले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले आइतबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । पीडित महिलाका श्रीमान किसान श्रेष्ठले सोमबार खनियाँ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा जिल्ला अदालतबाट म्याद लिई विस्तृत अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी प्रभू ढकालले जानकारी दिए । एसिड लागेर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, शरीरको अगाडिको भाग र खुट्टामा एसिडले जलेको उनले बताए । एसिड प्रहार गर्ने खनियाँ बिपद् व्यवस्थापन कार्यदल प्रथम चिकित्सा समुह हेटाै‌ँडा दरबन्दी भई हाल अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडी चितवनमा कार्यरत थिए ।

यो पनि हेर्नुहोस्

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: