साउदी अरेबियामा पहिलो पटक पहिरन प्रदर्शनी


प्रकाशित मिति :2018-04-24 12:46:18

ललितपुर । यदि तपाईं साउदी अरेबियाको भ्रमणको तयारी वा सांस्कृतिक कथाबारे जान्न चाहनुहुन्छ भने सन् २०१८ मा तयार पारिएका सामाग्रीहरु पढ्नुहोला किनभने गएको एक वर्षमा उक्त देशमा आधुनिकीकरणको क्षेत्रमा धेरै परिवर्तनहरु आए ।

संकुचित र पुरातन विचारधारा र अभ्यासहरु हावी भएको ठाउँ भनेर चिनिने यो देशमा केही समयअघिसम्म महिला पुरुषसँग क्याफे लगायत सार्वजनिक स्थलमासँगै बस्न पाउँदैनथे । उनीहरु पुरुष अभिभावकको अनुमति विना यात्रा गर्न सक्दैनथे ।

खेलकुद समारोहमा उपस्थित हुन पनि पाउँदैनथे । न त उनीहरुले सवारी साधन नै चलाउन सक्थे । साङ्गीतिक कार्यक्रममा भाग लिन र चलचित्रहरु हेर्न महिलाको लागि मात्र होइन सबैको लागि प्रतिबन्धित थियो ।

यस्तो पृष्ठिभूमिमा तामझामले भरिपूर्ण सार्वजनिक गतिविधि जस्तै पहिरन प्रदर्शनीमा महिलाले खुल्ला पोशाक र अग्ला जुत्ता लगाएर हिंडेको कल्पनासम्म गर्न सकिंदैनथ्यो । तर अहिलेको अवस्था फरक छ ।

यस वर्षको अप्रिल महिनाको दोश्रो हप्तातिर रियादमा आयोजना गरिएको ‘अरब फेशन सप्ताह’ यो क्षेत्रसँग सम्बन्धित साउदी अरेबियाको पहिलो कार्यक्रम हो । त्यसैले यो कार्यक्रमले ऐतिहासिक महत्व बोकेको छ ।

‘अब भने यहाँ प्रत्येका एक महिना जतिमा परिवर्तनको कल्पना गर्न सकिन्छ’ मशेल अलराजीले भनिन् । उनी रियादमा बस्ने डिजाइनर हुन् । ‘म एक हप्ता मात्र यहाँबाट बाहिर यात्रा गरेर फर्कंदा नयाँ कुराहरु आएको देख्छु । यहाँ नयाँ मौकाहरु, नयाँ नियमहरु आइरहेका छन् । धेरैजसो महिला मैत्री छन्’ उनले भनिन् ।

अप्रिल महिनाको अन्त्यतिर देशको पहिलो चलचित्र घरको उद्घाटनमा ‘ब्लायाक प्यान्थर’ नामक चलचित्र देखाइने छ । प्राप्त जानकारी अनुसार ५ हजार भन्दा बढी पहिरन, संगीत र कला सम्बन्धी कार्यक्रमहरु यो वर्ष आयोजना गरिने छ ।

यसै महिना धेरै महिला एउटा फुटबल प्रतियोगिता हेर्न गएका थिए । आगामी जुन महिनादेखि महिलाले सवारी साधन चलाउने अधिकारको उपयोग गर्न पाउने छन् ।

यो सबै परिवर्तनको श्रेय त्यहाँका सञ्चार माध्ययमले ३२ वर्षीय युवराजधिराज मोहम्मद विन सल्मानल विन अब्दुलाजीज अल साउदलाई दिने गरेका छन् ।

उनले परिवर्तनको बारेमा जानकारी दिंदै लेखे, ‘हामी उर्जाको माग पूरा गर्न तेलमा मात्र निर्भर छैनौं । हाम्रो खास सम्पत्ति भनेको हाम्रो जनताको सपना र युवा पुस्ताको संभावित क्षमता हो ।’

परिवर्तनका लहरहरु आएता पनि उक्त पहिरन प्रदर्शनीमा महिला मात्र दर्शकको रुपमा उपस्थित थिए । त्यहाँ ‘अबाया’ (जीउ ढाक्न पहिरनमाथि लगाइने खुट्टासम्म आउने कालो पोशाक) नलगाएका माहिलाका तस्विरहरु सञ्चार माध्यममा नआओस् भनेर सामाजिक सञ्जाल प्रयोग गर्न उक्त कार्यक्रममा प्रतिबन्ध गरिएको थियो ।

कार्यक्रममा पुरुषको उपस्थिति नभएकोले त्यहाँका महिलाले आफनो इच्छा अनुसारको पोशाक लगाउन पाएका थिए । राम्रा र सभ्य ढाँचाका गाउन र जम्पसुट लगाएका थिए । कति दर्शकले अबाया खोल्न रुचाएनन् । अबायालाई कति दर्शकले न्यूयोर्क र पेरिसमा लगाइने रेसमी रोब र डस्टर कोट र जापानमा लगाइने किमोनोसँग दाँजेका छन् ।

‘सरिया कानूनमा प्रष्ट लेखिएको छ । पुरुषले जस्तै महिलाले सभ्य र भलादमी लुगा लगाउनु पर्छ । यसमा महिलाले आफ्नो टाउको कालो कपडाले ढाक्नुपर्छ वा जीउ ढाक्न कालो अबाया नै लगाउनुपर्छ भनिएको छैन’ युवराजधिराजले सञ्चार माध्ययमलाई भने । पहिरन प्रदर्शनीमा आधुनिक र परम्परागत साउदी अरेबियाका ढाँचाहरुको मिश्रण थियो ।

‘अबायाको प्रयोग बारे मान्छेहरु मलाई सोध्ने गर्छन् । म कहिले यसको बारेमा गुनासो गर्दिन । म यो पहिरनमा सहज महसुस गर्छु । यो सांस्कृतिक कुरा हो । यो पहिरन धर्मसँग जोडिएको छैन । यो एउटा कपडाको तह मात्र हो’ अलराजीले भनिन् ।

यस्तै अर्की डिजाइनर अर्वा अल बनावीले भनिन्, ‘सशक्तिकरण भनेको के हो त ? छनौट गर्ने मौका नै दिइएन भने सशक्तिकरण कसरी हुन्छ ?’

साभारः–एमएसएन र अरब फेशन काउन्सिल

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: