बालिका बलात्कारको आरोपमा युवालाई गाउँलेले समाते


प्रकाशित मिति :2018-04-24 15:55:23

–महिला खबर-

ललितपुर । सर्लाहीको कविलासी नगरपालिकाकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई गाउँलेले समातेर राखेका छन् । सोमबार दिउँसो बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय सुनिल पासवानलाई गाउँलेले नाम्लोले बाँधेर राखेको हुन् ।

पासवानले छिमेकी एक बालिकालाई बाबुआमा कोही नभएको समयमा बालिकाकै घरमा गएर बलात्कार गरेको बताइएको छ । बालिकाका बाबुआमा उपचारका लागि वीरगंज गएका थिए । घरमा बालिका भाईसँगै बसेकी थिइन् । बालिका चिच्च्याएको थाहापाएपछि गाउँलले युवकलाई समातेका थिए ।

घटना घटेको थाहा पाएसँगै पीडित बालिकाका बाबुआमाले सर्लाही जिल्ला प्रहरी मंगलहवामा मंगलबार उजुरी दर्ता गरेका छन् । युवकलाई गाउँलेले समातेर राखेपनि प्रहरीमा भने बुझाएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी मसाउद आलम खाँले घटनाको अनुसन्धान गर्ने बताए । इलाका प्रहरी कार्यालय कविलासीका असई विनोद कुमार यादवले भने घटनाको बारेमा आफूहरुलाई केही जानकारी नभएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: